सन्धिखर्कमा सहिदकाे सम्झनामा विविध कार्यक्रम सम्पन्न

| २०७९ माघ १७ गते १५: ४७ मा प्रकाशित

कमला पाेख्रेल ,सन्धिखर्क । निजी तथा आबासिय बिध्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन ) अर्घाखाँचीले सन्धिखर्कमा विभिन्न कार्यक्रमको आयोजना गरि  सहिद दिवस मनाएको छ । 

शहिद दिवसको अबसरमा विद्यालय स्तरिय  हाजिरी जवाफ प्रतियोगीता, बक्तित्वकला प्रतियोगीता, र चित्रकला प्रतियोगीता सम्पन्न भएको हो । 
   कार्यक्रमको उद्धाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले   देशका लागी प्राण आहुती दिने सहिद हरुको सम्झनामा मनाइने शहिद दिवसमा विदा समेत सरकारले नदिनु लजास्पद भएको बताउनुभयो  । उहाँले सहिद हरुको उच्च बलिदानको कारण  नेपालको  हरेक परिवर्तन संम्भब भएको उल्लेख गर्नुभयो । 
 
कार्यक्रममा शिक्षा बिकाश तथा समन्वय इकाई प्रमुख मनिराम पराजुली , सन्धिखर्क नगरपालिका शिक्षा शाखा प्रमुख मन्जु आचार्य ,प्याब्सन अर्घाखाँचीका सल्लाहकार गणेश क्षेत्री , संस्थापक सल्लाहकार चोपनारायण बन्जाडे ,मोहनराज भुसाल ,निर्णायक प्रतिनिधिहरु हिम जिसि, बाबुराम आचार्य ,कृष्ण बर्मा , हरि प्रसार भुसाल ,बिष्णु बस्याल ,रमेश चुदाली,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल , प्रदेश सदस्य प्रेम नारायण आचार्य लगायतको उपस्थित रहेको थियो ।
 
कार्यक्रम प्याब्सनका जिल्ला अध्यक्ष कमल बेल्बासेको अध्यक्षता सल्लाहकार गणेश क्षेत्रीको स्वागत मन्तव्य तथा धनिश्वर पान्डेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्