अर्घाखाँची महोत्सवको आठौँ दिन गायक बद्रि पंगेनीले गित गाउँदा रोकिएनन वृद्वा आमाहरुका आँशु (तस्विर-भिडियो सहित)

| २०७९ माघ १८ गते २३: १२ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क।पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को आठौँ दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि गायक बद्रि पंगेनीले केहि दर्शकहरु लाई नचाए त वृद्वा आमाहरुलाई धु'रु'क्कै रुवाएर छाडेका छन्। 

बद्रि पंगेनीले  वृद्वा आमाहरुलाई धु'रु'क्कै रुवाएर छाडे

प्रदर्शनीको आठौँ  दिन पनि कूँडुंले फाँटंमा दर्शकहरुको उपस्थिति सन्तोष जनक रहेको थियो।गायक बद्री पंगेनी ले गित गाउँदा वृद्व वृद्वा हरुमा निराश पन देखिन्थ्यो भने युवा युवती हरु मा एकदमै फरक खालकको जोश जाँगर र उत्साह देखिएको थियो।

कूँडुंले फाँटंमा दर्शकहरु

सन्धिखर्क १ को कूँडुंले फाँटंमा अर्घाखाँचीका लोकदोहोरि गायक विजय सुनामले दर्शक हरुलाई आफ्नो प्रस्तुति बाट भरपुर् मनोरंजन दिएका थिए।

विजय सुनाम

साथै लोकदोहोरी  गायिका सपना गाहाको पनि धमाकेदार प्रस्तुति रहेको थियो। 

गायिका सपना गाहा

सातौँ दिन को प्रदर्शनीमा मोडल तथा डान्सर एलिसा बराल ले दर्शक हरु लाई नृत्य प्रस्तुत गरेर भरपुर् मनोरंजन दिएकि थिइन् तर उनि उतौलो डान्स तेसै माथि उनले पहिरिएको कपडा को निकै नै आलोचना भईरहेको छ।

डान्सर एलिसा बराल

माघ ११ गते देखि २४ गतेसम्म मेला सुचारु हुने आयोजकले जनाएको छ।आठौँ दिनमा अर्घाखाँचीका नव कलाकार राजन अधिकारिको पनि प्रस्तुति रहेको थियो।

राजन अधिकारि

‘कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको १५ दिने मेलाको माघ ११ गते भव्य रुपमा उद्घाटन भएको हो।महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले गरेका थिए। 

कूँडुंले फाँटंमा दर्शकहरु

महोत्सवको आठौँ  दिन अर्थात भोलि चर्चित लोकदोहोरि गायक प्रकाश सपुत लगायतका कलाकारहरुको  बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। 

                                                         तस्विर-भिडियो -पुजा कुँवर 

प्रतिक्रिया दिनुहोस्