पाँचौं अर्घाखाँची महाेत्सवको नवौँ दिन गायक प्रकाश सपुतले उडाए कूँडुंले फाँटंमा साङ्गेतिक धुलो (तस्विर सहित)

| २०७९ माघ १९ गते २३: ५५ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क।पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को नवौं दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि गायक प्रकाश सपूतले आज सांगीतिक धमाका मच्चाएका छन्। 

गायक प्रकाश सपूतले आज सांगीतिक धमाका मच्चाए

प्रदर्शनीको नवौँ दिन पनि कूँडुंले फाँटंमा दर्शकहरुको उपस्थिति खचाखच रहेको थियो।

लोकोदोहोरी गायक प्रकाश सपुतले कूँडुंले फाँटंमा आफ्नो प्रस्तुति राख्दा दर्शकहरुको भिडभाडलाई समाल्न आयोजक टिमलाई हम्मे हम्मे परेको थियो।

 गायक प्रकाश सपुतले कूँडुंले फाँटंमा

राष्ट्रिय ख्याति प्राप्त कलाकार सपुतले निरन्तर झन्डै १ घण्टा आफ्नो प्रस्तुति राख्दा समेत दर्शकहरु मा वान्स मोर वान्स मोर भन्ने आवाज मात्रै सुनिन्थ्यो। सपुतले आफ्नो प्रस्तुति सकेर माइक्रो फोन उद्घोषक लाई सुम्पिसकेका उनि दर्शक हरुको वान्स मोर वान्स मोर भन्ने आवाज गुन्जिएपछि सहर्ष स्वीकार गर्दै पुन: दर्शकहरु लाई भरपुर् मनोरन्जन दिदैँ दर्शक हरुको मन जित्न सफल बनेका थिए। 

लोकोदोहोरी गायक प्रकाश सपुतले कूँडुंले फाँटंमा आफ्नो प्रस्तुति राख्दा दर्शकहरुको भिडभाडलाई समाल्न आयोजक टिमलाई हम्मे हम्मे प

सन्धिखर्क १ को कूँडुंले फाँटंमा गुल्मी कि चेली ,नेपाल लोकदोहोरि प्रतिष्ठान गुल्मीकि अध्यक्ष चर्चित गायिका शिलु भट्टराईले दर्शक हरुलाई आफ्नो प्रस्तुति बाट भरपुर् मनोरंजन दिएकि थिईन।गायिका शिलु भट्टराईको भंगेरी चरी लगायतका गितमा दर्शक हरुले नाँचेर भरपुर मनोरंजन लिएका थिए। 

गायिका शिलु भट्टराईले दर्शक हरुलाई आफ्नो प्रस्तुति बाट भरपुर् मनोरंजन दिएकि थिईन

साथै लोकदोहोरी  गायक राम प्रसाद पौडेलले पनि दर्शक हरु लाई भरपुर् मनोरंजन दिएका थिए। 

राम प्रसाद पौडेल

नवौँ  दिन को प्रदर्शनीमा मोडल तथा डान्सर एलिसा डान्स ग्रुप काठमाण्डौले दर्शक हरु लाई नृत्य प्रस्तुत गरेर भरपुर् मनोरंजन दिएका थिए ।

 एलिसा डान्स ग्रुप काठमाण्डौले दर्शक हरु लाई नृत्य प्रस्तुत गरेर भरपुर् मनोरंजन दिएका थिए 

तर उतौलो डान्स तेसै माथि  एलिसा डान्स ग्रुप काठमाण्डौले पहिरिएको कपडा को निकै नै आलोचना भईरहेको छ।नवौँ दिनमा एलिसा बिश्वकर्मा ,एलिसा बराल र घुमी घर्ति मगरले आफ्नो नृत्य प्रस्तुति राखेका थिए।

माघ ११ गते देखि २४ गतेसम्म मेला सुचारु हुने आयोजकले जनाएको छ।कार्यक्रमको उद्घोष गायक दिपु मगरले गरिरहेका छन्। 

‘कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको १५ दिने मेलाको माघ ११ गते भव्य रुपमा उद्घाटन भएको हो।महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले गरेका थिए। 

महोत्सवको दशौँ  दिन अर्थात भोलि चर्चित लोकदोहोरि गायिका सम्झना लामिछाने लगायतका कलाकारहरुको  बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्