नेपाल रेडक्रस साेसाईटी सन्धिखर्क उप शाखाकाे पाँचौ अधिवेशन तथा साधारण सभा सम्पन्न

| २०७९ माघ २० गते २१: ४५ मा प्रकाशित

हिम लेकाली।
माघ २० -अर्घाखाँची। 
नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा अन्तरगत सन्धिखर्क उपशाखा काे पाँचौं  अधिवेशन तथा साधारण सभा शुक्रबार सन्धिखर्कमा सम्पन्न भएको  छ ।

नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा अन्तरगत सन्धिखर्क उपशाखा काे पाँचौं  अधिवेशन

साधारण सभामा प्रमुख अतिथि नेपाल रेडक्रस साेसाईटी केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष शम्भु प्रसाद पाेख्रेलले  नेपाल रेडक्रस साेसाइटी विसुद्ध मानविय सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको संस्था भएको  र यस्ले कसैलाई पनि  विचारकाे आधारमा भेदभाव नगर्ने बताउनु भयाे ।

 उहाँले संस्थाले  मानविय विपत कम गर्न थुप्रै गतिबिधि तथा कार्यक्रमहरू सन्चालन गर्दै अाएकाे बताउँदै  उपशाखा मार्फत थप  सेवा प्रदान गर्ने हेतुले उपशाखाहरू निर्माण गरिएको बताउनु भयाे । उहाँले सम्पूर्ण  नव निर्वाचितहरूलाई सपथ ग्रहण समेत  दिलाउनु   भएको  थियाे । 

नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा अन्तरगत सन्धिखर्क उपशाखा काे पाँचौं  अधिवेशन

अधिवेशनमा निर्बाचन अधिकृत जिल्ला शाखा मन्त्री चन्द्र प्रसाद बन्जाडे , पूर्व  मन्त्री सन्धिखर्क नगरपालिका २ नं. वडा अध्यक्ष माेतिजङ्ग रायमाझी ,जिल्ला शाखा सदस्य  तथा सहायक मतदान अधिकृत सहयाेगी बि .सि .ले समेत रेडक्रस कर्मिहरू साच्चिकै अरूभन्दा फरक ,सामाजिक भावले अाेतप्राेत र मानविय ब्यबहारमा  संवेदनशील  भएर लाग्नु पर्ने बताउँदै समितिलाई बधाई तथा सफलताकाे  शुभकामना दिनु  भएको  थियाे । सर्ब सम्मत रूपमा सम्पन्न  अधिवेशनले लेखनाथ भुसाल सभापति रहेकाे ११ सदस्यीय कार्य समितिकाे गठन गरेकाे छ । जस्काे उप सभापतिमा  मेनुका पाैडेल ,सचिवमा अम्विका बेल्वासे श्रेष्ठ , काेषाध्यक्षमा भेष बहादुर के.सि. ,उप सचिव पशुपति ढकाल ,उप काेषाध्यक्ष सकुन्तला भुसाल अधिकारी सदस्यहरूमा क्रमश बाबु खड्का ,मुम बहादुर महत (मुनाल ), राजेन्द्र श्रेष्ठ  , लक्ष्मि श्रेष्ठ ,जगतप्रसाद भुसाल रहनुभएकाे छ । 

नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा अन्तरगत सन्धिखर्क उपशाखा काे पाँचौं  अधिवेशन

उक्त अधिबेशनकाे सन्चालन रेडक्रस कार्यालय प्रमुख  ठाकुर अधिकारी र अध्यक्षता सचिव बाबू खड्काले गर्नु भएको  थियाे ।

सन्धिखर्क नगरपालिका भित्रका १,२ र ३ वडालाई सम्मिलित गरि सन्धिखर्क उप शाखा बनेकाे हाे भने यस समिति मा आजीवन तथा साधारण सदस्य गरि जम्मा २ सय छयालिस जना  सदस्यहरू रहेका छन् र रेडक्रसकाे बिधान अनुुसार उप शाखाकाे कार्यकाल २ बर्षकाे  रहने गरेकाे  छ । 

नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा अन्तरगत सन्धिखर्क उपशाखा काे पाँचौं  अधिवेशन

अहिले जिल्ला भरिका उपशाखाहरूकाे निर्वाचन भै रहेकाे र निकट भबिष्यमै जिल्ला शाखाकाे अधिवेशन समेत हुने जनाईएकाे छ ।

प्रतिक्रिया दिनुहोस्