चर्चित लोकदोहोरि गायिका प्रिती आले मगरले कूँडुंले फाँटं तताईन: राजाराजेन्द्रले दर्शकलाई हँसाएर मुर्छा परे (तस्विर भिडियो सहित)

| २०७९ माघ २३ गते १९: ०६ मा प्रकाशित

पुजा कुँवर ,रमेश थापा। पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को १३ औँ  दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि गायिका ज्योति मगर र लाइभ ब्याटल तथा चर्चित लोकदोहोरी गायिका प्रिती आले मगरले सांगीतिक धमाका मच्चाएका छन्। 

चर्चित लोकदोहोरी गायिका प्रिती आले मगर

महोत्सवको १३ औँ दिनमा दर्शक हरुले खचाखच भरिएको सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित गायिका हरुको बेजोड प्रस्तुतिले दर्शक हरुले भरपुर मनोरंजन लिएका छन्। 

 कूँडुंले फाँटंमा दर्शक हरु

राष्ट्रिय ख्याति प्राप्त चर्चित लोकदोहोरी तथा व्याटल गायिका प्रीति आलेको "के भनो न बन सोझो फुच्चे केटो प्रीति आले संग निहूँ खोजो "भन्ने व्याटल गितमा युवा युवती हरुले नाँचेर भरपुर मनोरंज लिएका थिए। 

गायिका प्रीति आले

त्यस्तै चर्चित हास्यव्यंग कलाकार राजा राजेन्द्रले हँसाएर नै दर्शक हरुलाई मुर्छा पारेका थिए।

उनि हास्यव्यंग कलाकार मात्र न भएर गितहरु पनि गाउँने गर्दछन। 

चर्चित हास्यव्यंग कलाकार राजा राजेन्द्र

कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको १५ दिने मेलाको माघ ११ गते भव्य रुपमा उद्घाटन भएको हो।महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले गरेका थिए। 

महोत्सव आयोजक समुहले अर्घाखाँची बुलेटिन लाई दिएको प्राप्त खबर अनुसार पाँचौं अर्घाखाँची महोत्सव माघ २५ गते सम्म सुचारु हुने बुझिएको छ। 

 

प्रतिक्रिया दिनुहोस्