रमेश थापा ,पुजा कुँवर। पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को १४ औँ दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि रमेश राज भट्टराई लगायतका कलाकार हरु दर्शक हरु लाई भरपुर् मनोरंजन दिएका छन्।
दर्शक श्रोता माझ बहुला कलाकार भनेर चिनिने गायक रमेश राज भट्टराई ले "बेहुला बनाउछु भन्थी बहुला बनाएर गई" लगायतका राजा बनाउथि भन्थी लगायत का आफ्ना झन्डै आधा दर्जन सुपरहिट गितहरु दर्शक माझ प्रस्तुत गरेका थिए ,उनका प्रस्तुतिमा कूँडुंले फाँटंमा उपस्थित युवा युवतीले नाँचेर भरपुर् मनोरन्जन लिएका थिए।
महोत्सवको समापन दिनमा चर्चित लोकदोहोरी बाल गायक सुप्रीम मल्ल ठकुरी को पनि बेजोड प्रतुती रहेको थियो। बाल गायक सुप्रीम ले आफ्नो प्रस्तुति दिंदै गर्दा कूँडुंले फाँटंमा उपस्थित युवा युवती देखि वृद्व वृद्वा हरुले वान्स मोर सुप्रीम वान्स मोर भन्दै हुटिंग गरे पछि बाल गायक सुप्रीम मल्ल ले एक फेर गायी सकेको गितलाई पनि पुन: दोर्याएर गाएका थिए।
आज कूँडुंले फाँटंमा प्राय: जस्तो दर्शक हरु बाल गायक सुप्रीम मल्ल ठकुरी का शुभचिन्तक हरु देखिन्थे। सुप्रीम भ्वास अफ नेपाल लगायतका धेरै जस्तो रियालिटी सो - मा भाग लिंदै उप बिजेता को उपाधि जिती सकेका बाल गायक हुन्।
तेस्तै गायिका एन्जिला रेग्मीले पनि आफ्नो प्रस्तुतिमा दर्शक हरु लाई नचाउन सफल भएकी थिइन्। एन्जिला धेरै जस्तो सिनेमा का गित गाउँने एक प्रखर कलाकार हुन्।
पाँचौँ अर्घाखाँची महोत्सवको १४ औँ दिन लोकदोहोरि गायिका दुर्गा नेपाल ,र लोकदोहोरी गायक हरि खत्री ले पनि आफ्ना हरेका बिधाका गितहरु प्रस्तुत गरेर दर्शक हरु लाई भरपुर् मनोरंजन दिएका थिए।
कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको १५ दिने मेलाको माघ ११ गते भव्य रुपमा उद्घाटन गरि आज माघ २४ गते भव्य र सव्य रुपमा समापन गरिएको छ। यद्वापी महोत्सव को आज समापन भएता पनि भोलि को दिन सम्म जिल्लावासी ले स्टल हरु बाट आफुले चाहेका सामान हरु किन्न भने पाउने छन्।
प्रतिक्रिया दिनुहोस्