पाँचौं अर्घाखाँची महाेत्सव भव्य रुपमा सम्पन्न: ७ करोड आम्दानी भएको अनुमान (तस्विर-भिडियो सहित)

कलाकार को अपमान गर्ने संघसंस्था बिरुद्व नगरप्रमुख श्रेष्ठ जंगीए

| २०७९ माघ २५ गते ०६: ०० मा प्रकाशित

रमेश थापा /पुजा कुँवर ,अर्घाखाँची।पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को भव्य र सभ्य रुपमा समापन कार्यक्रम सम्पन्न भएको छ। 

समापन कार्यक्रम सम्पन्न 

कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको १५ दिने मेलाको माघ ११ गते भव्य रुपमा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले उद्घाटन गरेका थिए। 

महोत्सवको १४ औँ दिन

महोत्सव समापन कार्यक्रमको अध्यक्षता अर्घाखाँची उधोग बाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र को रहेको थियो भने समापन कार्यक्रमको प्रमुख अथिति प्रदेश सभा सदस्य ,रामजी प्रसाद घिमिरे को रहेको थियो। 

विशिष्ट अथितिहरुमा ,सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,उप - प्रमुख  मिश्र आचार्य , प्रमुख जिल्ला अधिकारि मिना अर्याल लगायत का ब्याक्तित्व हरुको रहेको थियो। 

साथै महोत्सव समापन कार्यक्रमको बिशेष अथिति मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीका कोषाध्यक्ष बिष्णु क्षेत्रि ,नेपाल कम्युनिष्ट नेकपा एमाले जिल्ला कमिटि सचिव तोज बहादुर रायमाझी (बिधान),नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका डिलाराम पाण्डे ,राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची का अध्यक्ष वाप पत्जी ,अर्घाखाँची चेम्बर्स अफ कमर्श का अध्यक्ष अशोक कुमार श्रेष्ठ ,जनता समाजवादी पार्टी का जिल्ला अध्यक्ष ,एककृत समाजवादी पार्टी जिल्ला कमिटि का अध्यक्ष राम बहादुर चौहान ,राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला समितिका अध्यक्ष थम्मन केसी,नेपाल समाजवादी पार्टीका प्रतिनिधि ,नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति सेक्रेटरी खेम घर्ति मगर,नेपाल कम्युनिष्ट पार्टी बहुमतका प्रतिनिधि ,नेपाल कम्युनिष्ट पार्टी मसाल का जिल्ला सदस्य ,सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशाककीय अधिकृत खुमराज भुसालको रहेको थियो

महोत्सव समापन कार्यक्रम

समापन कार्यक्रमका अथिति हरुमा  इश्वरी बहस गुल्म का गुल्म पति श्री वासुदेव पंगेनी ,प्रहरी नायव उपनिरिक्षक मुकुन्द प्रसाद रिजाल ,शसत्र प्रहरी बल प्रमुख संगम श्रेष्ठ ,राष्ट्रिय अनुसन्धान कार्यालय अर्घाखाँची प्रमुख भिजर्स बानिया ,राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति सचिव महेन्द्र श्रेष्ठ ,जिल्ला समन्वय समिति सदस्य लक्षमण कणेल, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना ,परियोजना कार्यन्वयन ईकाई अर्घाखाँची का प्रमुख रामनाथ पाण्डे ,कृषि ज्ञान केन्द्र अर्घाखाँची का प्रमुख ,भेटनरी अस्पताल सेवा पशु बिज्ञ केन्द्र प्रमुख ,घरेलु तथा साना उधोग विकास समितिका अध्यक्ष सन्तोष खनाल,करदाता सेवा कार्यालय अर्घाखाँचीका प्रमुख कमल सुवेदी चेम्बर्स अफ कमर्शका प्रदेश सदस्य सुकदेव वेलवासे,अर्घाखाँची उधोग बाणिज्य संघ का निवर्तमान अध्यक्ष यूवराज श्रेष्ठ ,लगायत सन्धिखर्क नगरपालिका भित्र रहेका १२ वटा वडाका वडा अध्यक्ष हरुलाई एकमुष्ट रुपमा अथिति को आशन ग्रहण गर्न लगाईएको थियो।

अथिती कै आशन ग्रहण गर्ने क्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल ,होटेल तथा रेस्टुरेन्ट संघका अध्यक्ष खेतुलाल उपाध्य,अर्घाखाँची युवा परिषदका अध्यक्ष काजि श्रेष्ठ ,भुमिकास्थान नपा चेम्बर्स अफ कमर्श का अध्यक्ष प्रेम थापा ,नेपाल लोकदोहोरी प्रतिष्ठान अर्घाखाँची का अध्यक्ष राजेन्द्र जिसी ,घरेलु उधोग महासंघ का अध्यक्ष हिम जिसी लेकाली ,अर्घाखाँची ट्याक्सी यातायात प्रालिका अध्यक्ष महेन्द्र कुमार भुसाल ,सन्धिखर्क राष्ट्रिय बाणिज्य बैंक शाखा प्रमुख गुणानिधि भूसाल,एभि न्युज टेलिभिजन अर्घाखाँची का संवाददाता प्रेमनारायण आचार्य ,सन्धिखर्क एफ एम का स्टेशन म्यानेजर श्याम घिमिरे ,अर्घाखाँचीबुलेटिनका प्रतिनिधि रमेश थापा ,पुजा कुँवर झनक केसी लगायत दर्जनौँ अन्य मिडियाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। 

१४ औँ दिन सम्म संचालनमा रहेको पाँचौँ अर्घाखाँची महोत्सवमा  प्रदेश सभा सदस्य ,रामजी प्रसाद घिमिरे ,नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,प्रमुख जिल्ला अधिकारि मिना अर्याल ,अर्घाखाँची चेम्बर्स अफ कमर्श का अध्यक्ष अशोक कुमार श्रेष्ठ ,नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल ,अर्घाखाँची उधोग बाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र लगायतका ब्याक्तित्वहरुले आफ्नो महत्वपूर्ण मन्तव्य धाराणा राखेका थिए। 

महोत्सव को समापन कार्यक्रम मा आफ्ना मन्तव्य राख्दै नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ ले जिल्लामा कलाकार हरु आउँदा अपमान गर्नु भनेको आफ्नो अपमान गर्नु सरह रहेको बताएका छन्।

साथै यो अपमान सिंगो अर्घाखाँची को अपमान हो नागरिक को अपमान हो ,आगामी दिनमा कलाकार हरुको अपमान गर्ने संघ संस्था र ब्याक्तित्व हरुलाई टिकट काटेर महोत्सव हेर्न न आउँन घोषणा  गर्दछु र कडा चेतावनी पनि दिन चाहेको बताए। 

पाँचौँ अर्घाखाँची महोत्सवले १४ दिनको अन्तरालमा झन्डै ५ देखि ७ करोड आम्दानि गरेको बताएका छन्। 

प्रदेश सभा सदस्य घिमिरेले  महोत्सव को १४ औँ दिन अर्थात समापन कार्यक्रम मा आफ्नो मन्तव्य राख्दै पाँचौँ अर्घाखाँची महोत्सव ले ७ करोड जतिको आम्दानि गर्न सफल भएको अनुमान आफुले गरेको बताएका छन्। 

बाल गायक ठकुरीको प्रस्तुतिबाट आफू प्रफुल्लित भएको बताउदैँ प्रतिभा अझै विकसित हुँदै जाने छ भन्नेमा आफू विस्वस्त रहेको बताए । उनले ठकुरीलाई सबैको मन मुटुमा बस्न सफल हुनु भन्दै शुभकामना समेत दिए । 

 

 

प्रतिक्रिया दिनुहोस्