कमला घिमिरे ,अर्घाखाँची। अर्घाखाँची मा निजि सवारी साधनहरुले भाडामा यात्रुहरु ओसारपसार गर्न लागे पछि अर्घाखाँची ट्याक्सी प्रालिले बिरोध कार्यक्रम गरेको छ।
निजि प्रायोजन का लागि ल्याईएका सवारी साधनहरुले अनियमित ढङ्गले भाडामा यात्रुहरु ओसारपसार गर्न लागे पछि सार्वजनिक सवारी साधनलाई ठुलो मर्का परेको भन्दै लंका यातायात प्रालि र अर्घाखाँची ट्याक्सी प्रालिले मंगलवारको दिन शान्ति बगैँचा मा कोणशभा गरि प्रमुख जिल्ला अधिकारिलाई ज्ञापन पत्र बुझाएको छ।
अनियमित ढङ्गले भाडामा यात्रुहरु ओसारपसार गर्ने निजि सवारी साधन हरुलाई प्रशासनले यथा सिघ्र ७ दिन भित्र कारवाहीको दायरामा नलिएमा अर्घाखाँची का यातायात व्यवसायीहरु शान्तिपूर्ण आन्दोलन मा उत्रिने र यस बिषयको निर्मुल पार्ने चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्