अर्घाखाँचीकि एमाले समानुपातिक सांसद बिजुला रायमाझी बिरुद्द अख्तियारमा उजुरी

| २०८० जेठ ४ गते १५: ५७ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँचीको समानुपातिक साम्सद बिजुला रायमाझी बिरुद्द अख्तियर दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । जिल्लाको एक बिधालयमा सरकारी शिक्षिका रहेर कार्यरत रहेको समयमा शिक्षा नियमावली बिपरित राजनैतिक दलको सदस्यता लिई सकृय भई काम गरेको सन्दर्भमा उजुरी परेको हो ।

अर्घाखाँची सन्धिखर्क -२ निवासी बिजुला रायमाझी नेकपा एमालेबाट समानुपातिक साम्सद हुनु अघि सम्म सोही ठाउमा रहेको सामुदायिक बिद्यालय श्री भगवती माध्यमिक बिधालय शन्खेटारीमा नेपाली विषयको शिक्षिका हुन् । शिक्षा नियमावलीले कुनै पनि सरकारी शिक्षकले राजनैतिक दलको सदस्यता लिन नहुने जिकिर गरेको छ । निज रायमाझीले सो नियमावलीलाई बेवास्था गर्दै अध्यापन समयमा नै नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुदै एमालेको अनेमसघ जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सदस्य समेत भएकि थिइन । यो क्रियाकलापले गलत नजिर बसेको भन्दै उनि बिरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

नेपालमा सरकारी बिद्यालयका शिक्षक शिक्षिकाहरु शिक्षा नियमावली बिपरित राजनितिमा सकृय रह्दा बिध्यार्थिको पठनपाठन प्रभावित हुने गुनासो आम छ ।

प्रतिक्रिया दिनुहोस्