नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै अर्घाखाँचीमा नेपाली काँग्रेसद्वारा विरोध प्रदर्शन

| २०८० जेठ ५ गते १४: १० मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै अर्घाखाँचीमा काँग्रेसले विरोध स्वरुप आन्दोलन सहित विरोध प्रदर्शन गरेको छ । काँग्रेसका भातृसंगठनहरु नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, महिला संघ, नेपाल दलित संघ, नेपाल भुतपुर्व सैनिक संघले संयुक्त रुपमा गरेको आन्दोलनमा भातृसंगठन सहित पार्टीका जिल्ला स्तरिय नेताहरुको सहभागी थिए ।

नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु अपराध भएको बताउँदै ठुला माछा समाउन माग गरेको हो । मान्छे बेच्न तिमलाई कस्ले सिकायो ? नारायण हरी हरी टोपबहादुरको रुप थरी थरी ! ठुला माछा छोपिदेउ जेलभित्र कोचीदेउ ! लेखेका नारासहित प्रदर्शन गरेको नेविसंघका नेता कृष्ण भुसालले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणका परेका अर्घाखाँचीका प्रतिनिधी सभाका सदस्य टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण सहित प्रकरणमा मुछिएका सबैलाई तत्काल कानुनको कठघरामा ल्याउँन आन्दोलनको माग रहेको तरुण दलका अध्यक्ष नारायण खड्काले बताए ।

 

प्रतिक्रिया दिनुहोस्