अर्घाखाँची अस्पतालको भवन निर्माणका लागि पहल

| २०८० जेठ ६ गते १३: ४० मा प्रकाशित

प्रेमनरायण आचार्य, सन्धिखर्क। अर्घाखाँची अस्पतालको भवन निर्माणका लागि पहल सुरु भएको छ। अस्पतालमा गुणस्तरीय सेवा प्रवाहका लागि सुविधासम्पन्न भवन आवश्यक पर्ने भएकाले पहल थालिएको हो। 


५० शैय्याको अस्पताल प्रस्ताव गरिएको भएपनि अहिले १५ शैय्याबाट सेवा प्रवाह गर्नुपरेको अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए।  

संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री सुशीला श्रीपालीले प्रस्तावित ५० शैय्याको अस्पतालको भवन निर्माणका लागि विभिन्न निकायमा पहल गरिरहेको बताइन्। 

अस्पतालमा दैनिक एक सयदेखि एक सय ५० जनासम्म उपचारका लागि पुग्ने गरेका छन्।  

प्रतिक्रिया दिनुहोस्