श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधनका बिषयमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न

| २०८१ असार १६ गते १०: १४ मा प्रकाशित

सन्धिखर्क । न्युनतम पारिश्रमिक निर्धारण समिती काठमाडौंको आयोजना र नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखा को समन्वय मा अर्घाखाँची जिल्ला को सन्धिखर्क मा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था  र ऐन संशोधनका बिषयमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम  सम्पन्न  भएको छ ।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष अशोक खनाल को अध्यक्षता मा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि न्युनतम पारिश्रमिक निर्धारण समिती केन्द्रिय  सदस्य आस्था केसि रहनु भएको थियो ।

कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समिती सदस्य केसि ले न्युनतम पारिश्रमिक निर्धारण समितिको सुझाव प्रतिवेदन बाचन समेत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य राधा नेपाली को समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रम को संचालन नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका उपाध्यक्ष  बिरेन्द्र केसि ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्