अर्घाखाँचीका ६ वटै पालिकामा संगठन बिस्तार साथै स्वयंसेवक परिचालन गर्दै ने बि संघ

| २०८१ असार २३ गते २१: ५८ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची।नेपाली काङ्ग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति अर्घाखाँचीले ६ वटै पालिकामा  संगठन निर्माण गर्ने भएको छ।

ने बि संघ जिल्ला कार्यसमितिको भर्खरै बसेको बैठकले यस्तो निर्णय गरेको हो । ने बि संघले जिल्ला भित्रका सम्पुर्ण बिधालय तथा क्याम्पसहरुमा इकाई समिति गठन गर्दै गाउँ/नगर पालिका स्तरीय समितिहरुको अधिवेशन समेत गर्न लागेको ने बि संघ अर्घाखाँचीले जनाएको छ । साथै यस्को लागि प्रतिनिधि समेत तोकिएको ने बि संघ अर्घाखाँचीले जनाएको छ।

साथै बर्षायामको समयमा अत्यन्तै संबेदनसिलता अपनाउन आग्रह गर्दै बाढी पहिरो तथा जोखिम आउन सक्ने,धनजनको क्षती हुनसक्ने भन्दै नेपाल विद्यार्थी संघ अर्घाखाँचीले पालिका स्तरीय स्वयंसेवक समेत परिचालन गर्ने भएको हो ।

साथै लगातार परेको अविरल बर्षाका कारण प्रतिकुल मौसममा अनावश्यक बाहिर ननिस्कन उच्च सतर्कता अपनाउन समेत ने बि संघले सम्पुर्ण जिल्ला बासिमा अपिल गरेको छ ।

यसैगरी सम्पुर्ण पार्टीका भातृसस्था तथा शुभेच्छुक सस्थाहरुलाई समेत हातेमालो गर्न र क्षती भएका ठाउँमा तत्काल उद्घारका लागि खटिन समेत ने बि संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्