जिल्ला बुलेटिन

एमालेको देउँसी भैलो समापन: नेता र सांसद छमछमी नाच्दा जनता उत्साहि (भिडियो सहित)

२०७८ पौष ११

शोभाखर पन्थी,अर्घाखाँची। नेकपा एमाले सन्धिखर्क वडा नं. १२ द्वारा संचालित देउसी-भैलो कार्यक्रम  समापन गरिएको छ ।दिपावलीको अबसरमा गत कार्तिक महिनामा संचालित दिउसी- भैलोको एक भव्य समारोहका बीच शनिवार समापन गरिएको हो । भौलो समापन समारोहमा नेकपा एमालेका  नेता तथा सांसदहरू कार्यकर्ता र जनता सँग छमछमी नाचेका थिए । नेताहरू समेत जानि नजानि नाचेपछि स्थानीय बासिन्दामा खुसियाली छाएको थियो ।