जिल्ला बुलेटिन

अर्घाखाँचीमा कोरोनाबाट मृ'त्यु भएका परिवारलाई राहत स्वरुप एकलाख दिने घोषणा

२०७८ असार २५

झनक केसी। अर्घाखाँची जिल्लाका स्थानिय निकायहरुले कोरोना संक्रमणका कारण मृत्‍यु भएका परिवारलाई एक लाख रुपैया राहत वितरण गर्ने भएका छन् ।  जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,  शितगंगा नगरपालिका,  मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले कोरोना संक्रमणका कारण मृत्‍यु भएका परिवारलाई एक लाख रुपैया राहत वितरण गर्ने भएका हुन् ।