पीडित अनिता वि.क को उपचार लागी आर्थिक सहयोगको अपिल

| २०७८ असोज ७ गते १३: २८ मा प्रकाशित

बुटवल। कपिलवस्तु बाणगंगा नगरपालिकावडा नं- ८ चप्परगाउँ निवासी झबिन्द्र वि क को श्रीमती लोक बहादुर वि क को बुहारी अनिता वि क लामो समय देखि मेथेनिक कृसिस (Myasthenic crisis) रोगदेखि ग्रसित छिन । परिवारले उपचार लागि आर्थिक सहयोग को अपिल गरेको छ । 

अनिता वि क २ महिनाको सुत‌्केरी काठमाडौँ मेडिकल कलेज मा २१ दिन उपचार गराएको जसमा १५ लाख खर्च भएको र डाक्टरले निको भयो भनि घर पठाइदिएको ७ दिन पछि पुन फेरि उस्तै रोग बल्झिएर अहिले फेरि काठमाडौँको न्युरो अस्पताल (Magnolia)मा (Myasthenic crisis) रोगको  उपचार गराइ रहेको जसको लागि धेरै नै  रकमको आवश्यक पर्ने परिवार ले बताएको छ । पारिवारिक आर्थिक अवस्था निकै कम्जोर भएको कारण समस्या आइपरेको समाज सेवि कृष्ण थापाले बताए ।

परिवार को आर्थिक अवस्था कमजोर भएको ले उपचार को लागि आर्थिक सहयोग गरिदिनु हुन परिवार ले हार्दिक अपिल गरेको हो । 

सहयोग को लागि : 

NMB Bank limited Bangain Branch.(Jhabindra B.k)
खाता न: 0510145900400018
Global IME Bank Bangain Branch.(Santosh B.K)
खाता न: O707010006294

प्रतिक्रिया दिनुहोस्