मन्त्रिपरिषद् बैठक : द्वन्द्वका क्रममा जागिर गुमाएका शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय

| २०७८ फागुन १६ गते २१: ११ मा प्रकाशित

मन्त्रिपरिषद्को बैठकले द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रस्तावमा द्वन्द्वका क्रममा जागिर गुमाएका शिक्षकहरुलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

बैठकले पुनर्बहाली हुनुपर्ने भनेर यसअघि सिफरिस गरिएका १८ जनालाई नियुक्ति दिने निर्णय पनि भएको छ । यस्तै ४१ जनालाई निवृत्तिभरण र अन्य सुविधा दिने निर्णय समेत बैठकले गरेको छ ।

यसैगरी बैठकले अस्थायीतर्फका २८४ जनालाई आर्थिक सहायता प्रदान गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्