अबदेखि विद्यार्थीलाई अस्पताल ओपीडी शुल्कमा ५० प्रतिशत छुट

| २०७९ असोज ९ गते १९: १२ मा प्रकाशित

काठमाडौं । अबदेखि केन्द्रीय अस्पतालमा उपचार गर्न जाँदा ओपीडी शुल्कमा विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको मन्त्रीस्तरिय बैठकले ओपीडी शुल्कमा छुट गर्ने निर्णण गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. सजय कुमार यादवले विद्यार्थीहरुले संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत छुट पाउने बताए । ओपीडी शुल्क सेवा लिन जाँदा विद्यार्थीहरुले आफ्नो परिचय पत्र देखाउनु पर्नेछ ।

ओपीडी बाहेक पनि अन्य परीक्षणमा शुल्कमा थप पहल गर्ने मन्त्रालयको योजना छ ।

यसअघि विभिन्न विद्यार्थी संगठनले उपचारमा छुट दिनु पर्ने भन्दै स्वास्थ्य मन्त्री भवानी खापुङलाई ध्यानाकर्षण गराएका थिए ।स्रोत - अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्