सन्तोष भट्टराई को" एकोहोरो माया " बोल को गीत चर्चाको शिखर मा (भिडियो सहित)

| २०७८ सावन ८ गते २०: ५२ मा प्रकाशित

माधव पौडेल ,अर्घाखाँची।पछिल्लो समयमा बजार मा गीत संगीत हरु आउने क्रम जारी छ ।कतिपय गीत हरु समाजलाई नकारात्मक सन्देश दिने खालका भनौं छाडा खालका निस्किरहेका छन् भने कतिपय गीत हरु यस्ता निस्किएका छन् की जुन गीत ले समाज को वर्तमान परिस्थिति लाई हुबहु काल्पनिक शब्द मा परिणत गरी गीत को माध्यम बाट प्रस्तुत गर्न खोजिएका हुन्छन् ।

जुन गीत ले समाजलाई सकारात्मक दिसा तर्फ हिँड्न  प्रेरित  गरिरहेका हुन्छन् जुन कुरा गीत को शब्द , लय मा भर पर्दछ ।यसै बीच मा पछिल्लो समयमा एकोहोरो माया बोल को गीत ले गीत संगीत मा चर्चा बटुलेको छ । जुन गीत को शब्द चयन अत्यन्त राम्रो छ ।
गीत मा प्रेम प्रेमिका  को माया जुन एकतर्फी हुन्छ त्यसको पीडा कस्तो हुन्छ  आफू ले माया गरेको मान्छे अरुकै जीवन साथी हुदा को पीडा लाई भिडियो मार्फत प्रस्तुत गर्न  खोजिएको छ ।

जुन गीत मा स्वर निर्मल के. सी र भावना जी. सि को रहेको छ ।भने शब्द: सन्तोष भट्टराई ,लय: भद्र नकाल निर्देशक:प्रिया अधिकारी ,सम्पादन :प्रेम कुमार थारु छायांकन: बिबेक चालिसे को रहेको छ ।भिडियो मा सुमन घिमिरे र प्रिया अधिकारी को अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्