अर्घाखाँचीकी चर्चित गायिका सुनितामी परियारको तीज गीत ‘नगरिस्यो कर’ सार्वजनिक(भिडियो सहित)

| २०७८ सावन ३१ गते १३: ३२ मा प्रकाशित

बुटवल। तीज पर्व नजिकिदै गर्दा कलाकारितामा हरेक कलाकारले हरेक वर्ष नयाँ नयाँ तीज गीतहरु बजारमा सार्वजनिक गर्ने लहर चलिरहेको छ । तिनै गीतहरुको भिडमा चर्चित लोकप्रिय गायिका सुनितामी परियारले आफ्नो छुट्टै मौलिकता मुलक तीज गीत ‘नगरिस्यो कर’सार्वजनिक गरेकी छन् ।

अर्घाखाँची जिल्लामा जन्मिएर कलाकारितामा प्रवेश गरेकी सुनितामी परियारले काठमाडौंमा रहेर तीज गीतलगायत थुप्रै गीतहरुमा मिठो स्वर दिएकी छन् । उक्त ‘नगरिस्यो कर’ नामक गीतमा सुमन श्रापितको शब्द, उनै सुनितामी परियार र जीवन परियारको स्वर रहेको छ भने प्रविन थापाले उक्त गीतको निर्देशन गरेका छन् ।

खासगरी यो गीतमा पतिले आफ्नी पत्नीलाई माईती घर जान सहजरुपमै अनुरोध गरेका छन् भने पत्नीले माइती घर सरह मैले हजुरको मायाँ पाएकोले यसपालीको तीजमा माइत नजाने कुरा एउटा नारीप्रतिको सद्भाव पुरुषमा गीत मार्फत सन्देश दिन खोजिएको छ ।

‘जन्मघर छोडेर पराई घर जाउ यही चेली कै चार्ड हो मिठो मिठो खाने माइती घर जाउ, पञ्चमीको अर्को दिन घर फर्कि आउ’ भनेर पतीले शब्दमार्फत अनुरोध गरेका छन् भने पत्नीले चाहि ‘हे घरमा एक्लै होइसिन्छ माइत जान्न ऐले हजुर बाले माइतीको झै माया पाछु मैले’ नगरिस्यो कर यसपाली त माइत जान छैन मलाई रहर भनेकी छन् ।स्रोत - दैनिक पत्र 

प्रतिक्रिया दिनुहोस्