एउटा वियोगान्त प्रेम कथामा आधारित "मया मारीछौ मायालु" गीत सार्वजनिक (भिडियो सहित)

| २०७८ पौष १० गते १९: २५ मा प्रकाशित

 माधव पौडेल, काठमाडौं।अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा जन्मिएका अभिनव चौहान विगत २ वर्ष  यता निरन्तर गीत संगीतमा सक्रिय छन्।उनको सिर्जना अभिनय निर्देशन स्वर लगायत रहेका गीतहरु आउने क्रम पनि जारी छ।त्यसैगरी उनको लय तथा शब्द सिर्जनामा आज मात्रै मया मारीछौ मायालु बोलको एकल लोक गीत सार्वजनिक भएको छ।

जसमा एउटा गहिरो प्रेम सम्बन्ध छुटेको देखाउन खोजिएको छ।उनको गीतमा धेरै माया गरिकी प्रेमिकाले छोडेको विषयवस्तु समेट्न खोजेको पाइन्छ।अभिनव चौहानको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा गायक तेजेन्द्र दुराले आवाज दिएका छन्।मंगलम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गीतको मिक्सिङ कृष्ण लामिछानेले गरेका हुन्।

विष्णु भट्टराईको निर्देशन, छायांकन र सम्पादन रहेको यस गीतमा जुना गुरुङ, पदम भट्टराई र विनोद खड्काको सशक्त अभिनय देख्न सक्नुहुनेछ। त्यसैगरी धर्मराज भट्टराईको आधिकारिक युटुब च्यानलबाट यतिबेला गीतमा बजारमा उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्