चर्चित लोकगायक तथा एरेन्जर कमल सौराग कि छोरी एन्जेल सुनारको "दैला मुनि जौं भन्देउ न निष्ठुरी तिमि कहाँ छेउ " कभर गित सार्वजनिक(भिडियो सहित)

| २०७९ पौष २४ गते ११: २६ मा प्रकाशित

कमला थापा ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - ८ को गाँजरीमा जन्मिएका चर्चित लोकगायक तथा एरेन्जर कमल सौराग कि छोरी नव गायिका एन्जल सुनारको "दैला मुनि जौं भन्देउ न निष्ठुरी तिमि कहाँ छेउ " कभर गित सार्वजनिक भएको छ। 

नव गायिका एन्जल सुनार

झन्डै दुई दशक अघि पस्चिमाञ्चल क्षेत्रमा तहल्का पिटेको "दैला मुनि जौं भन्देउ न निष्ठुरी तिमि कहाँ छेउ "गितले कमल सौरागलाई एक चर्चित गायकको रुपमा चिनाउँन महत्वपूर्ण भूमिका खेलेको थियो। 

प्राय : जस्तो अहिले पनि पस्चिमाञ्चल क्षेत्रका कुना कन्दारामा घन्की रहने  "दैला मुनि जौं भन्देउ न निष्ठुरी तिमि कहाँ छेउ "गित दुई दशक पछि गयाक तथा एरेन्जर कमल सौरागकी आफ्नै छोरी एन्जल सुनारको आवाजमा कभर गित सार्वजनिक भएको छ। 

हेर्नुहोस भिडियो - 

प्रतिक्रिया दिनुहोस्