असार झल्को

| २०७८ असार १३ गते ०२: १५ मा प्रकाशित

शिवराज कलौनी


म किसान तिमी नेता
म आकासतिर हेरेर पानी कहिले पर्ला भनेर कल्पना गर्छु
तिमी खर्च गर्न बाँकी रहेको रकम कसरी कुम्ल्याउने भनेर कल्पना गर्छाै 

मैले यसै असारबाट एउटा बाख्राको खोर बनाउने बारे सोच्छु
तिमीले यसै असारबाट तराईमा महल ठड्याउन सोच्छौ

मेरो डेलिवेज रुटिनमा सच्चरित्रता एवं यथार्थको ऐेना देखिन्छ
तिम्रो फाइलको पानामा कतै छलयुक्त डोर हाजिरीको ऐना देखिन्छ ।
म सर्प, मुसाले खेतमा गर्न सक्ने नोक्सानी बारे चारो थाप्छु
तिमी कर छली, किर्ते भरपाइ, काज, भ्रमण आदेशको चारो थाप्छौ

म यसपालि त पोहोरभन्दा आधा क्विन्टल बढी धान फल्ने भविष्य देख्छु
तिमी यसपालि पोहोरभन्दा दस लाख बढी अकुत सम्पत्ति थपेको यथार्थ देख्छौ

मेरो असारमा मैले कति रोपाइँ गर्न सकेँ भनेर कान्ला गन्छु
तिमीले बिल, भौचर, भरपाइका फाइल मिले नमिलेको गन्छौ ।

म खेत, गह्रा, कान्लामै रोटी तरकारी डिलमा बसेर खाएर सुस्केरा हाल्छु
तिमी बिल मिलाउने फुर्सदै नभएर हातमै मुड्कि बजारेर कमिसनको सुस्केरा हाल्छाँै ।

मेरा हातमा उठेका ठेला र अनुहारमा जमेको माटोबाट नै मेरो कमिसन आउँछ 
तिमीले पाएको कमिसनबाट अनुहारमा पसिना र ठेला आउँछ

मेरो कडा मिहिनेतको प्रतिफल २, ३ महिनापछि प्राप्त हुन्छ र टिक्छ
तिम्रो सरल लुटको प्रतिफल लुटेकै दरभाउमा जान्छ र टिक्दैन ।
म किसानको गोडमेल गर्दागर्दै असाध्य गर्मीले थाकेर पसिना छुट्छ
तिमी नेता र कर्मचारीको असारे योजना र कार्यक्रम किन सकिएनौ भनेर पसिना छुट्छ
मलाई खेतको रोपाइँ कति सके भनेर चिन्ताले पसिना छुट्छ
तिमी नेताहरूको योजना फरफारक कति बाँकी छन् भनेर पसिना छुट्छ

म कुटो र कोदालोले नै खेतको डिलमा पसिना पुस्छु ।
तिमी फछ्र्याैट गर्न बिग्रिएका नक्कली बिलहरुले 
पसिना पुस्छौ । 

प्रतिक्रिया दिनुहोस्