भोली फेरी रहुला वा नरहुला:

| २०७८ असार २० गते ०२: ४५ मा प्रकाशित

खिमराज चालिसे- चंडीगढ़

झुक्न परे झुकिदिउला साथी,
धानको वाला पनि त झुक्छ।
सुक्नै परे सुकिदिउला साथी,
मुहानको पानि पनि त सुक्छ।।

कोहि खुसिहुन्छ भने साथी,
वरु मेरो मनको आसु वगोस।
भन्छु के छ र जीन्दगी साथी 
म मरे पनि मेरो याद त रहोस।।

दुखिको सधै सेवा गर्न सकु,
वरु आफु आधिपेट  खाउला।
नाङ्गोलाइ लगाउन दिन सकु ,
वरु आफैले  फाटेको लाउला।।

नवनु कसैको लागी म कसींगर,
वरु आखैको नानी वन्न सकु।
म मरेर जाउला तर पनि साथि
सवैको प्यारो दिलमा वस्न सकु।।

म मरेर पनि कोहि वाच्छ भने
म पनि हासी हासी मर्न सकु।
चारदिनको जीन्दगी हो साथी,
राम्रै याद रहने काम गर्न सकु।।

सवैको प्यारो त के हो साथी,
अप्ठारो पनि त  वन्न सकुला ।
दुइ शव्द कोर्दै चित्त वुझाउछु,
भोली फेरी रहुला वा नरहुला।।

प्रतिक्रिया दिनुहोस्