आज २०७८ साल साउन २६ गते, मंगलवार, १० अगस्ट २०२१ को राशिफल

| २०७८ सावन २६ गते ००: ५२ मा प्रकाशित

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । पारिवारिक साथ, सहयोग र समर्थन मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग पनि छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मनोरञ्जन र साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफन्तसँग भेटघाट हुनेछ । बहुप्रतिक्षित काम प्रारम्भ हुने समय छ । पुँजीबजार / शेयर बजारको लगानीले गति लिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दबाब र तनाव बढेको महसुस हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभ समाचार पाइनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।  - ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया दिनुहोस्