आज २०७८ साल असाेज २७ गते बुधवार, १३ अक्टाेबर २०२१ को राशिफल

| २०७८ असोज २७ गते ००: ३६ मा प्रकाशित

आज २०७८ साल असाेज २७ गते बुधवार, १३ अक्टाेबर २०२१। आश्विन शुक्लपक्ष अष्टमी तिथि। पूर्वाषाढा नक्षत्र, १४ः५३ बजेपछि उत्तराषाढा। चन्द्रराशि– धनु।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। तर, मिहिनेत परे पनि विगतका कमजोरी सच्याउँदै नयाँ अवसर जुटाउन सफल भइनेछ। आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। नयाँ काम थाल्ने समय पर्खनुहोला।

वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च बढ्ने र काम रोकिने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पछिका लागि सकारात्मक पृष्ठभूमि भने तयार हुनेछ।

मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थिति अनुकूल बन्नाले छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।

कर्कट - CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

सिंह - LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ। आफन्तको भरपर्दा धोका हुन सक्छ। साझेदारीका काममा अलि सावधान रहनुहोला। अभिभावक तथा शुभचिन्तकहरूले भने साथ दिनेछन्। अध्ययनमा गुरुजनको मार्गदर्शनले विशेष सफलता प्राप्त हुनेछ।

कन्या - VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पार्न सक्छ। तापनि, बुद्धिको उपयोगले जटिल काम समेत सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। आमाको आशीर्वाद लिएर काम गर्दा फाइदा हुनेछ।

तुला - LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

वृश्चिक - SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि सामान्य फाइदै हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ।

धनु - SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ।

मकर - CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

घरखर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। एक पटक बनिसकेको काम पनि दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउनेछ भने प्रयत्न गर्दा विदेशयात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। पछिका लागि लगानी बढाउने समय छ।

कुम्भ - AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर धेरै फाइदा उठाउन भने नसकिएला। केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि उपलब्धि तत्कालै प्राप्त नहुन सक्छ। जिम्मेवारी भने प्राप्त हुनेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ।

मीन - PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।स्रोत - नेपाली पात्रो 

प्रतिक्रिया दिनुहोस्