आज २०७९ साल वैशाख ३ गते, शनिवार, १६ अप्रिल २०२२ को राशिफल

| २०७९ बैशाख ३ गते ०४: ५१ मा प्रकाशित

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै न कुनै कुराले मनमा प्रसन्नता मिल्नेछ । शुभ कार्यमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भाग्यले विभिन्न अवसर जुराउनेछ । सेवामूलक काम गरेर मानसम्मान मिल्ने र प्रतिष्ठामा वृद्धि हुनेछ । नयाँ कामको थालनी पनि हुन सक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । शुभ र नयाँ कार्यको योजना बन्नेछ । आफन्त सँग पुनर्मिलनको योग पनि रहेको छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । कृषि कार्यबाट बढी लाभ मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनैतिक कार्यमा सफलता मिल्ने र विशिष्ट व्यक्तिको साथ पाइनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । निर्माणको कार्य भने अघि बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । खुशी र उमङ्ग बढ्नेछ । शुभ कार्यको चर्चा पनि चल्नेछ, तर साँझमा कुनै कारणले चिन्ता बढ्न सक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । साँझमा अनावश्यक खर्च बढ्न सक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । पढाइ लेखाइमा विस्तारै सफलता मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सामान हराउने योग छ । साँझमा आफ्नी इच्छा पूरा गर्न केही धन पनि खर्च होला, तर वैदेशिक लगानीबाट सफलता पाइन सक्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । आफन्तलाई प्रभावित पारेर काम बन्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य समस्या बढ्नसक्छ, तर आफन्तको साथ र सहयोग भने पाइनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) न्यायिक कार्यमा सफलता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साहश र हिम्मत बढ्नेछ । नयाँ कामको योजना पनि बन्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । - ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्