आज २०७९ साल जेठ १ गते, आइतवार, १५ मे २०२२ को राशिफल

| २०७९ जेठ १ गते ००: १९ मा प्रकाशित

आज २०७९ साल जेठ १ गते, आइतवार, १५ मे २०२२। वैशाख शुक्लपक्ष चतुर्दशी तिथि, १२ः०८ बजेदेखि पूर्णिमा। स्वती नक्षत्र, १५ः२५ बजेपछि विशाखा। चन्द्रराशि– तुला। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।

वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। तापनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ।

मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ।

कर्कट - CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

हिस्सेदारसँग असमझदारी बढ्नाले समस्या आउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। मिहिनेत र बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन हुनेछ। आजको कामबाट दिगो फाइदा उठाउन सकिनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। परिवारमा अभिभावकको सहयोग लिँदा विशेष काम सम्पादन हुन सक्छ।

सिंह - LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पहिलेको सफलताले धन आर्जन हुनेछ। तर चिताएको काम स्थगित हुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ला। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ।

कन्या - VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अवसर आए पनि हडबडीले काममा बाधा पुर्याउन सक्छ। बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ। लोकाचारका लागि फजुल खर्च हुन सक्छ। समस्या पर्दा साथ दिनेहरू थोरै हुनेछन्। अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। फाइदाका लागि केही त्याग गर्नुपर्ला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

तुला - LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। चुनौतीसँग जुध्नुपरे पनि अवसर हातपार्न सकिनेछ। हिम्मत गर्दा अप्ठ्यारै काम पनि सम्पादन हुनेछ। केही लाभांश गुमाउनुपरे पनि पुरानो समस्या सुल्झाउन सकिनेछ। शुभचिन्तकहरूको साथले चिताएको काम बन्नेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। कमजोरी सुधार्न केही काम दोहोर्याउनुपर्ला।

वृश्चिक - SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। कर्जा बढे पनि धन प्राप्त हुनेछ।

धनु - SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। ऋण तथा कर्जा पनि चुक्ता गर्न सकिनेछ।

मकर - CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। लगनशीलताले लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। प्रयत्नले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा पनि हुनेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ।

कुम्भ - AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला।

मीन - PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन्। अध्ययनमा समय दिन नसकिएला। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आफ्ना कमजोरी बाहिर आउनाले अप्ठ्याराे पर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्