फेसबुकमै बालेन शाह र हर्क सम्पाङ बीच जुहारी

| २०७९ भदौ १ गते २३: ०५ मा प्रकाशित

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङ बीच फेसबुकमा घोचपेच भएको छ।धरानका मेयर सम्पाङले सामाजिक सञ्जालमा काठमाडौंलाई लक्षित गर्दै स्टाटस लेखेपछि काठमाडौंका मेयर शाहले जवाफ फर्काएका हुन्।

सम्पाङले बुधबार साँझ फेसबुकमा लेखेका छन्, ‘जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ! कम्से कम काम त शुरु गरे! उनको स्टाटसमा बालेनले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘हो नि ‘ तपाईँकै लौरो चुनाव चिह्न लिएर त मैले चुनाव पनि त जितेको हो नि!’ केही दिन अघि काठमाडौं आएका मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोर देखेर श्रमदमन गर्न मन लाग्यो भन्ने। उनी यतिबेला धरान फर्किसकेका छन्।

काठमाडौंकाे फाेहाेरका विषयमा हर्कले व्यंग्यात्मक स्टाटस लेखेपछि बालेन्द्रले पेचिलाे जवाफ फर्काएका छन् । धरानबाट काठमाडाै आउनासाथ हर्कले यहाँ थुप्रिएकाे फाेहाेरबारे फेसबुकमा टिप्पणी गरेका थिए । त्यस बेला बालेन माैन बसेका थिए । आज फेरि हर्कले अर्काे स्टाटस लेखेपछि बालेनले फेसबुकमै जवाफ दिएका हुन् । मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोरबाट पनि अभिव्यक्ति दिएका थिए । धरान नै सफल लागेको भन्दै उनले काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका थिए ।khabar patra.com

प्रतिक्रिया दिनुहोस्