मालारानी मन्दिरको प्रचारप्रसार गर्ने हेतुले तयार पारेको भिडियो सार्वजनिक (भिडियो सहित)

| २०७८ असार १७ गते १४: ३० मा प्रकाशित

अर्घाखाँची।अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका  वडा नं ३ र ६ को सिमानामा अवस्थित मालारानी मन्दिर धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ।त्यस  ठाउँको मन्दिर लगायत हरेक कुराहरू सुन्दर छन्।सोही ठाउँको प्रचारप्रसारको लागि समय समयमा विभिन्न प्रचारप्रसार सामग्री पनि तयार हुँदै आएका छन्।

यसै ठाउँको प्रचारप्रसार गर्ने हेतुले अभिनव चौहान र अरुण पोख्रेलको प्रयासमा स्थलगत रिपोर्ट तयार पारिएको छ।अभिनवले त्यस ठाउँको वस्तु स्थिति बारेमा जानकारी गराउदै रिपोर्टिङ गरेका छन् भने अरुणले छायांकन र सम्पादनको काम गरेका हुन् ।

उक्त भिडियोमा मालारानी मन्दिरको बारेमा जानकारी र श्रद्धालु भक्तजनहरुको बिचार र अनुभवलाई समेटिएको छ।यस भिडियोलाई हेर्नेहरुले विशेषगरी मालारानी मन्दिरको बारेमा धेरै जानकारी पाउन सक्ने निर्माण पक्षले विश्वास लिएको बताउन्छन।

 भिडियो 

प्रतिक्रिया दिनुहोस्