हंसपुरका १२ मा अति विपन्न दलिते घर पाए: नयाँ घर पाउँदा खुसी

| २०७८ भदौ ३ गते २३: ३९ मा प्रकाशित

नवीन रसाइली  हंसपुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ६  हंसपुरका १२ अति विपन्न दलिते घर पाएका छन् । उनिहरुलाई लुम्बिनी प्रदेश जनता आवास कार्यक्रम अन्तर्गत अति विपन्न घर परिवारको घर निर्माण गरिएको मालारानी गाउँ वार्ड नं. ६ का वार्ड अध्यक्ष नारायण प्रसाद अर्यालले बताए ।  

वर्षौंदेखि खरको छानामुनि बस्दै आएका गरीव जनतालाई सरकारले  घर निर्माण गरिदिएको छ । अनिहरुको घर निर्माण गर्दा सम्पूर्ण खर्च सरकारले व्यहोरेको अध्यक्ष अर्यालले बताए । अध्यक्ष अर्यालका अनुसार एउटा घर बराबर ३ लाख ३६ हजारको बजेट रहेको उनले जानकारी दिए । उनले गरीब दलित  समुदायको समस्या पीडा देख्दा निकै मन छोयो, त्यसपछि यो योजना प्रदेशबाट पास गराएर अहिले आवास निर्माण भएको जानकारी गराए । 

वर्षौदेखि खरको छानामुनी बस्दै आएका त्यी जनताले जस्ताले  छाएको प्लाष्टर गरेको घर सरकारले निर्माण गर्दिदा निकै खुुसी देखिन्छन् । नयाँ बनेको घरमा सरेपछि एकजना रुक बहादुर  नेपालीले भने,“ अहिलेसम्म चुहिने खरको छानोमुनि के हिउँद, के बर्खा सधैँ भरी गुजारा गर्दै आइयो,तर अहिले प्रदेश सरकारले हामी गरिबहरूका लागि टिनको छाना सहितको घर बनाएर ठूलो गुन लगायो ।”

उनिहरुले जनतन दिनभरी गिट्टी कुट्ने, अर्कोको भारी बोक्ने यसरी काम गर्दा आएको पैसाले छोरा छोरीलाई पाल्दा ठिक्क हुने बास बस्न घरमा जाँदा रातमा पानी पर्दा खरको छानोमा पानी चुहिएर बस्नै नहुने गर्थ्यो “अहिले सरकारले टिनको छानो र दुई वटा कोठा सहितको पक्कि घर बनाइदिएको छ, ढुक्कसँग बसेका छौ, उनले बताए ।”

एक जना अर्का बसन्त बिकले भने " सरकारले बस्नलाई सुरक्षित बासको व्यवस्था गरिदिएकोमा आफूहरू धेरै खुसी रहेको बताए । सरकारले सुरक्षित आवास निर्माण गरिदिएपछि बस्नलाई समस्या नभएको उनले बताए । अति विपन्न दलितहरुलाई लुम्बिनी प्रदेश जनता आवास कार्यक्रमले गरीबहरुको लागि राहत मिलेको छ । नवनिर्मित बस्तीमा बिजुली र खानेपानीको व्यवस्था गर्न सम्बन्धित कार्यालयहरूको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्