करार डाक्टरलाई तलव दिदा बेरुजु आएको मालारानी गाउँपालिकाको भनाई

| २०७८ भदौ १४ गते १९: ४१ मा प्रकाशित

लिलामणि पोख्रल ,अर्घाखाँची । मालारानि गाउँपालिकाले काेभिड अस्पतालमा करार नियुत्ति गरेका डाक्टर नर्सकाे तलव महालेखाले बेरुजु देखाएकाे छ । वाडदेखि गाउँपालिका सम्म करारमा नियुक्त गरेका अन्य कर्मचारीकाे समेत गरि ९३ लाख बेरुजु देखाएकाे गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

 वर्षाै देखि रहदै आएका कर्मचारीकाे तलव हालसम्म बेरुजु नआएको पहिलाे पटक आएको आचार्यको भनाइ छ । घ्रान्टघाट झोलुङ्गे पुलका निर्माणका लागि उपभोक्ता समितिलाई दिएकाे ८ लाख ८४ हजार ७ सय छपन्न रहेकाे प्रमुख प्रसाकिय अधिकृत रमेश पन्थिले जानकारी बताए।
१६ लाख २२ हजार ६ सय ३७ रूपैया निर्माण व्यवसायीले जाेखिमयुत्त ठाउँमा ज्यालादारी कामदारकाे विमा गर्नुपर्ने रकम रहेकाे याेजना प्रमुख नेत्रप्रसाद खनालले बताएका छन ।

जनता बचाउन गरिएको काेभिड अस्पतालमा कार्यरत चिकित्सक सम्मकाे रकम बेरुजु महालेखा देखाउनु दुखद भएकाे समेत अध्यक्ष आचार्य बताएका छन ।

प्रतिक्रिया दिनुहोस्