हंसपुर स्वास्थ्य चौकीलाई अक्सिजन कन्सल्ट्रेटर मेसिन

| २०७८ असोज ११ गते १९: २९ मा प्रकाशित

प्रेमनारायण आचार्य,अर्घाखाँची।
 ११ असोज - आफ्नै गाउँको स्वास्थ्य सस्थामा अक्सिजन कन्सल्ट्रेटर मेसिन प्राप्त भएपछि  मालारानी गाउँपालिका हंसपुरका स्थानीयहरु हर्षित भएका छन् । 

मालारानी गाउँपालिकाको ६,७ र ८ का बासिन्दाले सेवा लिने उक्त स्वास्थ्य चौकीमा अक्सिजन मेसिन लिएर डाक्टर जय बहादुर टण्डन र डाक्टर मुक्ति श्रेष्ठको टोली गएपछि उनीहरु खुशी भएका हुन् । 

कोभिड तथा श्वासप्रश्वासमा अक्सिजनको कमीबाट हुने रोगहरुको नियन्त्रण गर्न डाक्टर जयबहादुर टण्डन र डाक्टर मुक्ति श्रेष्ठको पहलमा अर्घाखाँची दिगो विकास केन्द्रले अक्सिजन कन्सल्ट्रेटर मेसिन प्रदान गरेको हो । 

स्वास्थ्य चौकीमा एक कार्यक्रमका बिच डाक्टर टण्डन र डाक्टर श्रेष्ठले वडा अध्यक्ष तथा स्वास्थय चौकी ब्यबस्थापन समितका अध्यक्ष नारायण अर्याल र स्वास्थ्य चौकी प्रमुख दिपक पौडेललाई कन्सल्ट्रेटर मेसिन प्रदान गर्नु भएको हो । 

कार्यक्रममा डाक्टर जयबहादुर टण्डन, डाक्टर मुक्ति श्रेष्ठ, नेपाली कांग्रेसका नेता लोकेन्द्र विक, मालारानी गाउँपालिकाका कार्यपालिका सदस्य नीमबहादुर सुनार, नेकपा एमालेका लोकनाथ अधिकारी, नेपाली कांग्रेसका वडा सभापति गोविन्द रेग्मी, नेकपा माओवादीका थम्मन श्रीस, राष्ट्रिय जनमोर्चाका डिलबहादुर खत्री, नेकपा क्रान्तीकारीका अशोक थापा, सिद्धार्थ माविका सहायक प्रधनाध्यापक राम प्रसाद खनाल , इन्द्र रेग्मी लगायतले मन्तब्य राख्दै विकासमा कसैले पनि राजनिति गर्न नहुने बताएका छन् । उनीहरुले विकास निर्माणका काममा राजनिति भन्दा माथी उठेर काम गर्नु पर्ने बताएका छन् । कार्यक्रम इन्द्र रेग्मीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्