अर्घाखाँचीको मालारानीमा बन्ने भो १५ शैयाको अस्पताल

| २०७८ असोज २१ गते ११: ४७ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क।अर्घाखाँचीको मालारानी गाउँपालिकामा १५ शैयाको अस्पताल भबनको  सिलन्यास भएको छ ।

मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले पुजा आराधना गरि उक्त भबनको सिलन्यास गरेका हुन ।

संघिय सरकारको कुल तेह्र करोड सत्ताईस लाख त्रिरसट्ती हजार एक सय सत्तरी हजार बीस पैसामा उक्त भबन निर्माणको जिम्मा डाफे अम्बर निर्माण सेवाले लिएको छ भबन निर्माण सम्पन्न गर्ने म्याद ३९ महिना रहेता पनि आफुले  जति सको छिटो  सम्पन्न गर्ने निर्माण सेवाका प्रोपाइटर बसन्त भुसालले बताएका छन् ।

भबन सिलन्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री वडा न. २ का वडा अध्यक्ष बिनोद भुसाल वडा न.३ का वडा अध्यक्ष शोभाखर खनाल वडा न.८ का वडा अध्यक्ष नरेन्द्र केसि गाउँकार्यपालिका सदस्य दिपा पोख्रेल मालारानी गाउँपालिका स्वास्थ शाखा प्रमुख भबीश्र्वर खनाल स्थानीय राजनैतिक दलका प्रतिनिधि समाजसेबि हरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्