मालारानी गाउँपालिकाका जनप्रतिनिधि जनता प्रतिको विस्वास गुमाउँदै

| २०७८ असोज २३ गते २२: ०४ मा प्रकाशित

अर्घाखाँची ।अर्घाखाँची जिल्ला मालारानी गाउँपालिकाका जनप्रतिनिधि जनता प्रतिको विस्वास गुमाउदै गरेको पाइएको छ । 

जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर - ९ का जनप्रतिनिधि जिम्मेवार विहीन बनेका छन ।  

गोखुंगा दह निवासी तारा प्रसाद खनालको श्रीमती ७६ वर्षीय छमि खनाल ( नागरिकता न. १३०२७/२६३९) को २०७७ साल चैत्र देखि २०७८ साल असार सम्मको वृद्धभत्ता नमिलेको र पटक पटक खोज तलास गर्दा कुनै चासो देखाइएको छैन ।

जनप्रतिनिधि चुनावको बेला इमान्दारी र नैतिकतामा अडिग रहेर जिम्मेवारी वहन गर्न सदैव समर्पित र प्रतिबद्ध रहेको बताए पनि व्यवहार भने ठिक उल्टोहुदा समस्या आइपरेको हो । 

पीडित आफ्न कुमार खनालका अनुसार गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य आफ्नो जिम्मेवारीबाट पन्छदै वडाका प्रतिनिधिहरुबाट काम गराउनुहोस् भन्नुभयो । वडाअध्यक्ष फन बहादुर पुन लाई अनुरोध गरी पटकपटक सोध्दा यो मेरो र हाम्रा सदस्यहरूको काम होइन तपाईंले सचिवलाई सोध्नुहोस् भन्नुभयो ।
सचिव बालाराम रायमाझीलाई सोध्दा यो मेरो काम होइन वडाअध्यक्ष र प्रतिनिधिलाई सोध्नुहोस् भन्नुभयो ।  

 वडा नम्बर ९ का वडा सदस्यहरु जुना घिमिरे र कमला पौडेललाई पनि पटक-पटक यस विषयमा अनुरोध गरियो ।  तर कसैले चासो नदेखाए पछि मिडियामा दिन बाध्य भएको खनाल बताउछन्। 

यद्यपि ससाना काम प्रति जिम्मेवार नहुने हो र जनता प्रतिको आफ्नो दायित्व बिर्सने हो भने गाउँपालिकाको लागि पक्कै पनि राम्रो संकेत होईन।

प्रतिक्रिया दिनुहोस्