बागीँको नवदुर्गा मन्दिरको उद्घाटन

| २०७८ असोज २९ गते १३: ४७ मा प्रकाशित

रबि पोख्रेल 
२९ असोज, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँ पालिका वार्ड नं. ५ र ६ को सिमाना बागीँ बुढिचौरमा पर्ने नवदुर्गा मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 

नवदुर्गा मन्दिरको हिजो असोज २८ गते नवमीको अवसर पारी उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा सहयोग दाताहरुलाई सम्मान कार्यक्रम समेत गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

नवदुर्गा मन्दिर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मालारानी गाउँ पालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्य, विशिष्ट अतिथि मालारानी गाउँ पालिका उपाध्यक्ष प्रमिला क्षेत्री, अतिथिहरु मालारानी गाउँ पालिका वार्ड नं. ५ का वार्ड अध्यक्ष शोभाखर भुसाल, शान्ति मा. विका प्रधानध्यापक मान बहादुर पाण्डे, तिलक मिश्र, नेपाल  पत्रकार महासंघ जिल्ला सदस्य बाबुराम रसाइली, समाजसेवीहरु तथा स्थानीयको उपस्थिति रहेको थियोे । 

कार्यक्रम मन्दिर व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र विश्वकर्माको अध्यक्षतामा र प्रेम विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्