मालारानी मखातका ६२ बर्षिय लिलबहादुर बिककी ३५ बर्षिया श्रीमती अन्जु बि.क १५ दिनदेखि बेपत्ता

| २०७८ मंसिर १५ गते २०: ३८ मा प्रकाशित

रबि पोख्रेल,सन्धिखर्क।अर्घाखाँची जिल्ला मालरानी गाउँपालिका वडा नम्बर - ४ मखात पिगला निबासी लिल बहादुर बिककी माइती घर जान्छु भनि हिडेकी श्रीमती एकएक बेपत्ता हुँदा लिलबहादुर बि.क अत्यन्तै चिन्तामा रहेका छन।

श्रीमान बाट सम्पर्कबिहिन रहेकी ३५ बर्षिया अन्जु बिक अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क बाट आफ्नो माइती घर कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ३२ तल्लो गगन गौंडा जान्छु भनी २०७८ साल कार्तिक २३ गते हिँडेकी अन्जु बि.क आजको मिति सम्म आफ्नो माइत नपुगेको ,र श्रीमान लिलबहादुर संग पनि सम्पर्कबिहीन रहेको बिक बताउँछन्। 

लीलबहादुर बि.क ले अर्घाखाँचीबुलेटिन लाई दिएको जानकारी अनुसार उनकी श्रीमती अन्जु बि.क २०७८ साल साउँन ३ गते देखि आफु संगै बस्दै आएकी र २०७८ साल कार्तिक २३ गते का दिन आफ्नो माइत पोखरा जान्छु भनेर हिडेकी अन्जु अहिले सम्म आफु बाट सम्पर्कबिहिन रहेको दुखि हुँदै बताउँछन्। 

मन्जु बिकले माइत जाँदा २ तोला सुन र ७५ हजार नगद रुपैँया लिएर गएको उनका श्रीमान् बताउँछन्। आफु भन्दा झन्डै आधा उमेरले कान्छी रहेकी अन्जु संग बिबाह गरेका ६२ बर्षिय लिलबहादुर बिक आफ्नी श्रीमती झन्डै ३ हप्ता सम्म माइत नपुग्दा र आफु बाट सम्पर्कबिहीन रहँदा आफ्नी श्रीमतीको खोजतलास गरिदिनुहुन अर्घाखाँची बुलेटिन मिडिया र अन्य बिभिन्न मिडियामा हारगुहार गरेइरहेका छन्। 

कृपया माथि तस्विरमा देख्नुहुने अन्जु बिकलाई कहींकतै देख्नुहुने महानुभावहरुले निजका श्रीमान लिल बहादुर बि.कको मोबाइल नम्बर - ९८४२८६६९५५  वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन अर्घाखाँचीबुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौं। 

बेपत्ता हुने मंजु बिकको सम्पर्क नम्बर - ९७४६३९७३४४   ९८०४१५२३२० 

प्रतिक्रिया दिनुहोस्