मालारानीका युवा व्यवसायी ईश्वरी सुनारको मोटरसाइकल दुर्घटनामा परी उपचारको क्रममा मृ'त्यु

| २०७८ मंसिर २३ गते १३: ०६ मा प्रकाशित

गुरुदेव खनाल ,अर्घाखाँची।अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर - ५  बरमकोट निवासी २६ बर्षिय युवक ईश्वरी सुनारको मोटरसाइकल दुर्घटनामा परि उपचारको क्रममा मृ'त्यु भएको छ। 

मृतक इश्वरी सुनार ४ दिन अघि पिक्निक पार्टी मनाएर घर फर्कने क्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर १० - को बिहार बजार नजिकै एक्कासी मोटरसाइकल दुर्घटना हुँदा निजको टाउको मा गम्भीर चोट लागेको थियो।सुनारलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बुटवलको तिनाउ अस्पतालमा रिफर गरिएको थियो ,बिडम्बना आज बिहान करिब ४ बजेको समयमा उपचारको क्रममा २६ बर्षिय इश्वरीको मृ'त्यु भएको खबर प्राप्त भएको छ। 

मृतक इश्वरी सुनारले सन्धिखर्क २ को चुत्रबेशीमा विगत लामो समय देखि  न्यू बाँगी कबिता सुनचाँदी पसल व्यवसाय गर्दै आईरहेका थिए। 

प्रतिक्रिया दिनुहोस्