चुनाबमा गरेका बाचाहरु क्रमशः पुरा गर्दे गईरहेका छौँ : सांसद आचार्य

| २०७८ मंसिर २९ गते ०१: ३२ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।लुम्बिनी प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले आफुहरुले चुनाबमा गरेका बाचाहरु क्रमशः पुरा गर्दे गईरहेको बताउनु भएको छ । आचार्यले जिल्लाको बिकास निर्माणमा कुनै कसुर बाँकी नराख्ने बताउदै बिकास निर्माणमा सबैको एकता र सहयोगको खाँचो रहेकोले एकताबद्धरुपमा अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको हो ।

मंगलबार मालारानी गाउँपालिकाको प्रशासकिय भवन,जडीबुटी संकलन केन्द्र र नागरीक आरोग्य सेवा केन्द्रको उद्घाटन तथा भागिरथी स्मृति प्रतिष्ठानको शिलान्यास कार्यक्रममा बोल्दै आचार्यले सिंहदरबारको अधिकार गाउँगाउँमा आएको भन्दै अर्घाखाँचीमा बिकास निर्माणको कायापलट हुदै गएको दाबी गर्नुभयो । लुम्बिनी प्रदेश सभाका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका आचार्यले बिकास निर्माण संगै शुसासन र पारर्दशीतालाई पनि ध्यान दिनुपर्ने जोड दिनुभएको थियो । तोकिएकै समयमा सुविधा सम्पन्न भवन निर्माण गर्न सफल भएको बताउँदै आचार्यले सरल र सहज सेवा प्रदान गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई सुझाव दिनुभयो ।

कार्यक्रममा सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार बिक,गुल्मीको धुर्कोट गाउँपालीका अध्यक्ष भुपाल पोख्रेल, प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरे,नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो । कार्यक्रम पालीका अध्यक्ष बालकृष्ण आचार्यको अध्यक्षता,उपाध्यक्ष प्रमिला क्षेत्रीको स्वागत मनतब्य र हरिशचन्द्र पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा स्थानियबासी सहित बिभिन्न राजनितिक दलका प्रतिनिधि लगायत बिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा निर्माण भएका र निर्माणाधिन अबस्थामा रहेका योजना हरुको लागतको बारेमा योजना अधिकृत नेत्र खनालले प्रकाश पार्नुभएको प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थीले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्