नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मालारानी गाउँपालिकाकाे दाेस्राे पुर्ण बैठक तथा वडा ईन्चार्ज जिम्मेवारी सम्पन्न

| २०७८ पौष १० गते २२: २१ मा प्रकाशित

बाबुराम रसाइली,मालारानी।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मालारानी गाउँपालिकाकाे दाेस्राे पुर्ण बैठक सम्पन्न भएकाे छ । 

बैठकमा पार्टी पालिका अध्यक्ष पदम क्षेत्रीकाे अध्यक्षता, पार्टी प्रदेश सदस्य तथा मालारानी गाउँपालिका ईन्चार्ज एम.वि पाण्डेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । बैठकमा मन्तव्य राख्ने बक्ताहरुले नेपाल कम्युनिस्ट पार्टी (माओेवादि केन्द्र) कमजाेर नभएकाे बताएका छन् । पार्टीका केही अवसरवादी व्यक्ति आफ्नो स्वार्थमा जनतालाई झुटाे आश्वासन देखाई अन्य पार्टीका विलय भएपनि पार्टी कक्तिपनि कमजाेर नभई पहिला भन्दा अझ शक्तिशाली बनेकाे समेत जिकिर गरेका छन् । 

त्यस्तै गाउपालिमा रहेका ९ वटा वडा कमिटीका अध्यक्षहरुले क्रमश रिपार्टिङ राख्ने क्रममा वडाका आफ्ना कार्यकर्ता कत्ति पनि विचलित नभई पार्टीको कार्यभारकाे जिम्मेवारी पूरा गर्दै आईरहेका र पार्टीमा शसक्त बनेर लागिरहेका बताएका थिए । 

उक्त बैठकबाट पार्टी वडा कमिटी ईन्चार्जहरु समेत जिम्मेवारी  ताेकिएकाे छ । जसमा वडा नं. १ बाट भगवता आचार्य, २ बाट हेमराज भुसाल, ३ बाट हरि जि.सि., ४ बाट तारा बहादुर सुनार, ५ बाट भेष बहादुर खड्का, ६ बाट थम्मन श्रीष, ७ बाट मनिराम पराजुली, ८ बाट भद्री अधिकारी र ९ बाट महेन्द्र बाबू खनाल रहेका छन् । बैठक पार्टी पालिका उपाध्यक्ष वसन्त खड्काे स्वागत मन्तव्य र सचिव शिवलाल कुवरकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्