गणेश खनाल ,अर्घाखाँची । शान्ति माध्यमिक विधालय बाँगीकाे आयाेजनमा भर्चुअल कविता प्रतियाेगिता सम्पन्न भएकाे छ ।
कविता प्रतियोगिता बाेल्दै व्यवस्थापन समितिका अध्यक्ष तथा पुर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले विधार्थिकाे प्रस्तुतले विधालयकाे पहिचाहन पनि झल्काउने गरि प्रस्तुत भएकाेमा भाैतिक प्रगति मात्र नभइ शैक्षिक गुणस्तर पनि उकृष्ठ रहेकाे अनुभूति भएकाे बताउनुभयाे ।
प्रअ मानबहादुर पाण्डेकाे अध्यक्षता र शिक्षक बसन्तबहादुर खड्का र सहयाक प्रअ तारा प्रसाद भुसालकाे स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा मालारानी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थि,जिल्ला शिक्षा समन्वय समिति प्रमुख मणिराम पराजुली,वाड अध्यक्ष शाेभाकर भुसाल र कासिराम भुसालले मन्तव्य राख्नुभएकाे थियाे ।
हुकमला उमानन्द छात्रबृती अक्षयकाेषकाे समायाेजनमा कार्यक्रम सम्पन्न भएकाे हाे । प्रतियाेगितामा १९ जना सहभागी रहेकाे मुल्यांकन समितिका सयाेजक माधव पन्थिले जानकारी दिनुभयाे ।
कवितामा प्रथम विधा चाैहान,द्वितीय राजन भुसाल,तृतीय सुजन आर्चाय र सात्वना विपना खत्रि हुनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्