आत्मनिर्भर उधमी महिला समुहमा २ दिने समुह व्यवस्थापन तालिम सम्पन्न

| २०७८ फागुन १० गते २१: २७ मा प्रकाशित

विजय खनाल। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग साथै ग्रामिण तथा सामुदायिक स्वास्थ बिकास केन्द्र अर्घाखाँचीको सहजिकरणमा मालारानी गाउँपालिकामा संचालन भैरहेको " मालारानी कृषि तथा पशु उधमशिलता बिकास परियोजना " अन्तरगत मालारानी -७ को खानिवासमा गठन गरिएको आत्मनिर्भर उधमी महिला समुहमा २ दिने समूह व्यवस्थापन तालिम सम्पन्न भएको छ। 

स्वावलम्बन समुहका लागि समूह व्यवस्थापन  तालिम समुहका सम्पुर्ण महिला दिदी बहिनीहरुले  व्यानर  वाचन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उक्त २ दिने तालिममा समुहका २३ जना दिदी बहिनीहरुको सहभागिता रहेको थियोे ।  

उक्त तालिम २ दिन सम्म  सहजीकरणकर्ता प्रशिक्षक - सहजकर्ता बिजय खनालले कुशलता पुर्बक सम्पन्न गर्नु भएको  छ । अन्तिम समापन सत्रको अध्यक्षता समुहकी अध्यक्ष श्री उमा महत र कार्यक्रम संचालन समुहकी सह-सचीव श्री रिमा थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्