अर्घाखाँचीको मालारानी ५ मा कर्मचारी नियुक्तिमा मनोमानी

| २०७८ फागुन १३ गते २२: ०० मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ५ मा व्यापक मनोमानी भएको छ। वार्ड कार्यालय र स्वास्थ्य चौकीको कर्मचारी नियुक्तिका सन्दर्भमा मनोमानी भएको हो।

कार्यालय सहयोगी पदको लागि खुलाइएको विज्ञापनमा दरखास्त फारम भरिसके पछि एकाएक विज्ञापन रद्द गरिएको छ। मालारानी गाउँपालिका वार्ड नम्बर ५ को वार्ड कार्यालयले कार्यालय सहयोगी पदको लागि विज्ञापन गरेकोमा विभिन्न व्यक्तिहरुले दरखास्त दिइसकेपछि एकाएक रद्द गरिएको जनाइएको छ।

विज्ञापन रद्द गरिसकेपछी पनि सम्बन्धित व्यक्तिलाई विज्ञापन दस्तुरसमेत फिर्ता नगरिदा उमेदवारहरुले असन्तुष्टि जनाएका छन्। मालारानी गाउँपालिका ५ को वार्ड कार्यालयमा एकजना कार्यालय सहयोगी हुँदाहुँदै पनि अर्को एकजना कर्मचारी नियुक्त गरिएको छ।

राजनैतिक दलको ठाडो हस्तक्षेप एवं मनोमानी ढंगले कर्मचारी नियुक्ति भएकोप्रति जिज्ञासा राख्दा वार्ड अध्यक्षले आफुलाइ त्यसबारेमा कुनै जानकारी नभएको बताएका छन्।यो समाचार लुम्बिनी आवाजमा प्रकाशित गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्