अर्घाखाँचीका एक शिक्षक जबरजस्ती करणीको आरोपमा पक्राउ

| २०७८ फागुन २२ गते १७: ३७ मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँचीकाे मालारानी गाउँपालिकाका एक शिक्षक जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन ।

मालारानी गाउँपालिकाको मा.वि. स्तरको विद्यालयमा अध्यापन गराउने शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले आरोपी शिक्षकलाई पक्राउ गरेको छ ।

शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात अर्घाखाँची जिल्ला अदालतमा पेश गरीएको र अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।स्रोत - समाचार पोष्ट 

प्रतिक्रिया दिनुहोस्