टोपबहादुर रायमाझीमा शैद्धान्तिक, बैचारिक र राजनीतिक विचार छैन : नेता आचार्य

| २०७८ चैत १२ गते २३: १७ मा प्रकाशित

बाबुराम रसाइली , मालारानी।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मालारानीकाे गाउपालिका स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बाेल्दै नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य डिलाराम आचार्य यस्ताे बताएका हुन् । 

रायमाझी माओवादीमा रहदा के तपाईहरुलाई नेता बनाईदिए, कति कार्यकर्तालाई अवसर प्रदान गरे, तपाईं नेता तथा कार्यकर्ताले के पाउनु भाे ? भन्ने समेत प्रशिक्षण कार्यक्रममा उपस्थित कार्यकर्तालाई प्रश्न गरेका हुन् । रायमाझीलाई जिल्लाबाट ३/३ पटक सम्म भारी मतका साथ विजयी भएर उपप्रधानमन्त्री सम्म पुगेका उनले आज जिल्ला वासीहरुलाई  न उद्योग कलकारखाना स्थापना गरी राेजगारी सिर्जना गरे, न सक्षम कार्यकर्ताहरुलाई कुनै अवसर प्रदान गरे, आखिर अवसरवादी भएर सत्ताकाे लाेभमा आफ्नाे ईतिहास आफै समाप्त पार्दै अहिले प्रतिगमनकारी रुप लिएर माओवादी केन्द्रलाई आराेप-प्रत्यारोप लगाउदै हिड्ने उनकाे कुनै नैतिक अधिकार नभएकाे स्पष्ट पारेका छन् ।

 नेता आचार्यले भने तिनीहरु नक्कलि माओवादी बनेर अवसर लिएका रहेछन अवसरसंगै आचरण पनि नस्ट गरे । वास्तविक माओवादी सत्तामा नरहेसम्म देशकाे हरेक क्षेत्र पछि पर्ने बताउदै आगामी निर्वाचनमा प्रतिगमनहरुलाई समाप्त गरि आर्थिक क्रान्ति र समाजवादकाे विकास गर्ने जिम्मा आफुहरुकाे रहेकाे समेत जिकिर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्