अर्घाखाँचीमा पाटी प्रवेशको लहर देखेर अतालिय संयुक्त गठबन्धन दल : नेता मिश्र

| २०७८ चैत १३ गते १९: १२ मा प्रकाशित

 गिताराम बिष्ट, अर्घाखाँची । नेकपा एमाले मालारानी गाउँ पालिका वडा न ८ द्वारा आयोजित पाटी प्रशिक्षण तथा पाटी प्रवेश कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मालारानी गाउँ पालिका इन्चार्ज कम्रेड तिलक मिश्र ले नेकपा एमालेमा पाटी प्रवेश को लहर देखेर संयुक्त गठबन्धन दल अतालियको आरोप लगाउनु भएको छ।भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै इन्चार्ज मिश्रले सबैभन्दा बढी पाटी प्रवेश गर्नेमा नेकपा माओवादी नेपाली काग्रेसका कार्यकर्ता हरु रहेको बताउनु  भएको छ।

मालारानी ८ बाट नेपाली कांग्रेस नेकपा माओवादी राष्ट्रिय जनमोर्चा लगाएतका क्रियाशिल सदस्यहरु करिब २० जना  नेकपा एमालेमा  प्रवेश गरेका छन। अब यो देशमा नेकपा एमाले बाहेक अरु कुनै पनि पाटिले जनताको हितमा काम गर्न नसक्ने भन्दै आफुहरु  नेकपा एमाले प्रवेश गरेको बताएका  छन । 

टोल टोलमा संगठन, घर घरमा एमाले जन भन्ने मूल नाराका साथ नेकपा एमाले मालारानी गाउँ पालिका  वडा न८को पाटी प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा वडा न ८ का निर्वाचित  वडा अध्यक्ष नरेन्द्र कुमार बस्नेतले आफुले गरेको बिकास प्रती संयुक्त गठबन्धन दलले गरेको  गलत समाचार प्रति दुख ब्याक्त गरेका छन बादरले घर पनि बनाउदैन घर बनायको जाती पनि मान्दैन भन्दै जिल्ला सदस्य बस्नेतले भ्रामक समचार लगेर जन्ता सामु चुनाबी नारा नबनाउन आग्रह सनेत गर्नु भएको थियो। मालारानी ८ नेकपा एमालेको लाल किल्ला भनेर चिनिने यो वडामा नेकपा एमालेलाई हराउँछौ भन्ने दिवा सपना नदेखे हुन्छ भन्दै जिल्ला सदस्य बस्नेतले सम्पुर्ण कार्यकर्तालाइ आसन्न निर्वाचनमा भारी मतका साथ बिजय बनाउन आजै देखि लाग्न  सम्पुर्ण कार्यकर्ताहरुलाइ अनुरोध समेत गर्नु भएको छ।प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा एमाले मालारानी गाउपालिका सचिवालय सदस्य कम्रेड गङ्गा बि.कले सत्ता पक्ष दल संयुक्त गठबन्धनले वडा न ८ मा कुनै प्रभाव नपार्ने भन्दै संयुक्त गठबन्धन दललाई आसन्न निर्वाचनना नाम निसाना समेत नरहने गरि बढार्नु पर्ने बताउनु भएको छ।नेकपा एमाले को यो जनलहर देखेर गठबब्धन दल नत रातको निन्द्रा नत दिनको भोक भएको बताउनु भएको छ।
 
टोल टोलमा संगठन, घर घरमा एमाले जन भन्ने मूल नाराका साथ नेकपा एमाले मालारानी ८ को आयोजनामा भएको  कार्यक्रममा प्रेस चौतारी नेपाल ५ नम्बर प्रदेस सदस्य तथा युवा सघ नेपाल जिल्ला कमिटी सदस्य गिताराम बिष्ट जिला  खेलकुद संघ अर्घाखाँची  उपाध्यक्ष लाल बहादुर घ म राष्ट्रिय बुद्धि जिबि सघ जिल्ला सदस्य कृष्ण पन्थी युथ फोर्स नेपाल जिल्ला सदस्य बुद्धि बि क  नेकपा एमाले मालारानी गाउँ पालिका सदस्य सुमित्रा परियार लगायतका बक्ताहरुले मन्तव्य राख्दै  अागामी चुनावमा एमालेकाे वडाध्यक्ष देखि सबै पदमा नेकपा एमाले बिजयी हुने भएकाेले अहिलेदेखि लाग्न सबैलाई अपिल गर्नु भएको थियो भने  वडा, पालिका र संघ प्रदेशमा एमाले बिजयी हासिल हुने बक्ताहरुको भनाई थियो । कार्यक्रम नेकपा एमाले मालारानी ८ का पाटी कमिटी अध्यक्ष खिम बहादुर घ म काे अध्यक्षता, वडाकमिटि सदस्य सुनकला थापा बस्नेत को स्वागत मन्तव्य पाटिका उपसचिव रामलाल भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । एमालेले सबै टाेल टाेलमा संगठन बिस्तार र कार्यकर्ता भेटघाटलाई तिब्रता दिएकाे छ । अासन्न निवार्चनलाई लक्षित गरि अागामीज चैत्र १३ गते देखि २५ गतेसम्म घरदैलाे अभियान सञ्चालन गर्दै छ । देशभर एमालेप्रतिका जनलहर फैलिएपछि कार्यकर्तामा समेत खुसीयाली छाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्