मालारानी गाउँपालिका स्तरीय ५ दलिय संयुक्त बैठक सम्पन्न

| २०७८ चैत १४ गते १७: २० मा प्रकाशित

सुदिप खनाल,मालारानी। मालारानी गाउँपालिकाका ५ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी राष्ट्रिय जनमाेर्चा र जसपाले नेकपा माओवादी केन्द्र मालारानी गाउपालिका अध्यक्ष पदम क्षेत्रीकाे अध्यक्षतामा संयुक्त बैठक गरि मालारानी गाउपालिकाकाे सभाहलमा सम्पन्न गरेका हुन ।

उक्त बैठकमा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य सुशिला श्रीपालि,  नेपाली कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा एसका जिल्ला संयाेजक राम बहादुर चाैहान, जसपाका केन्द्रीय सदस्य गाेकर्ण विष्ट, राजमाे जिल्ला अध्यक्ष थम्मन केसी,नेकपा माओवादी केन्द्र प्रदेेश सचिवालय सदस्य छमकुमारी खनाल लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे । 

संयुक्त बैठकमा बाेल्दै नेताहरुले आगामी निर्वाचनमा प्रतिगमनकाे विरुद्ध एकढिक्का भएर जाने, संविधानमा भएकाे कुलाई रक्षा गर्नकाे निमित्त गठबन्धन भएकाे आफ्ना कार्यकर्ताहरुलाई जानकारी दिएका छन् । नेताहरुले जसरी गठबन्धन गरिएकाे छ आगामी  निर्वाचनमा कुनै प्राविधिक त्रुटी नगरी एक साथ भएर लाग्न र निर्वाचन सफल बनाउने एक्यवद्धता जनाएका छन् ।

 बैठकमा विभिन्न दलका अध्यक्ष , सचिवहरु,  ५ दलिय गठबन्धका विभिन्न भातृसंगठनका प्रमुखहरु, नेपाल पत्रकार महासंघ जिल्ला कमिटी सदस्य अशाेक चाैहान, बाबुराम रसाइली, रेडियो मालारानी प्रतिनिधि विनाेद खड्का लगायत सयाैं नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे । बैठक नेपाली कांग्रेस मालारानी गाउपालिका सभापति शाेभाखर खनालकाे संचालन र राजमाे मालारानी उपाध्यक्ष डिल बहादुर खत्रकाे संचालनमा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्