नेकपा एमाले मालारानी बाँगीको घरदैलो कार्यक्रम सम्पन्न

| २०७८ चैत २१ गते २०: ४५ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची । नेकपा एमाले मालारानी बाँगीले साविकको वार्ड नम्बर ७ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । 

आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले मालारानीले घरदैलो अभियानलाई तीव्रता दिएको छ । आफ्नो पार्टीले गरेको जनहितकारी कार्य र भावी रणनीतिका बारेमा जनतालाई जानकारी गराउन घरदैलो अभियानलाई तीव्रता दिइएको  नेकपा एमाले मालारानी बाँगीले जनाएको हो ।

 चुनावी अभियान अन्तर्गत "खुसी नेपाली, समृद्ध नेपाल"  भन्ने नाराका साथ निर्वाचनको अभियानमा जुटेका हुन । विगतका कामको कमीकमजोरी एवं थप सुधारका लागि सुझाव समेत लिइरहेको जनाइएको छ ।

टोल कमिटि अध्यक्ष मोति बहादुर खड्का वार्ड उपाध्यक्ष गिता शाह मालारानी गाउँपालिका सचिवालय  सदस्य हुम बहादुर महत  नेपाल खेलकुद महासंघका जिल्ला उप सचिब प्रकाश महत को उपस्थितिमा  मालारानी गाउँपालिका को न ५ को साविक ७ नम्बर गोबदि कुजेरी पोखेडाडा पलसपाटा गरी ४५ घरधुरीमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्