एमाले नेता चन्द्र ब.खड्कालाई मालारानी ५ को वडा अध्यक्ष पदमा विजयी हुन माओवादी केन्द्रकाे चुनाैति : अध्यक्ष भुसाल

| २०७८ चैत २९ गते ००: १८ मा प्रकाशित

बाबुराम रसाईली ,मालारानी।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट याैङ कम्युनिस्ट लिग नेपाल (YCL) काे आयाेजनामा मालारानी गाउँपालिका स्तरीय प्रथम भेला मालारानी ६ स्थित हंसपुरकाे रतनमारेमा सम्पन्न भएकाे छ । उक्त भेलामा बाेल्दै नेकपा माओवादी केन्द्र मालारानी गाउपालिका वडा नं. ५  का अध्यक्ष शाेभाखर भुसालले माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका नेकपा एमालेका जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का (उज्वल) लाई पालिका, प्रदेश संघ हाेईन मालारानी गाउँपालिका वडा नं. ५ मा वडा अध्यक्ष पदमा निर्वाचित भएर देखाउन चुनाैति दिएका छन् । 

खड्का माओवादीमा रहदा न त कुनै कार्यकर्तालाई राजनितिक क्षमताकाे विकास भयाे,  न त कुनै विकासकाे नमुना, न त संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापना र देशकाे आमूल परिवर्तनका निम्ति साहदत प्राप्त गर्ने सहिदहरु, घाईते, अपांग लगायत जनयुद्धमा ज्यान मुट्ठीमा राखेर हाेमिएका गरीब, दलित, जनजातिहरुलाई सम्मान गरे ! त्यसैले ती आमूल परिवर्तनका निम्ति साहदत प्राप्त गर्ने सहिदहरुकाे रगतले कुनै दिन अवश्य सराप्ने छ भन्दै आराेप लगाएका हुन । उता बयल गाढा चढेर अमेरिका जानू र गणतन्त्र स्थापना हुनु एउटै हाे भन्ने नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिलाई  साथ दिएकाे भन्दै अब टाेप बहादुर रायमाझी बयल गाढा चढेर अर्घा देखि सदरमुकाम सन्धिखर्क सम्म जान नसक्ने गरि बयलगालाई पत्तासाप गर्न YCL कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

भेला कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला सहईन्चार्ज अनिलकिशाेर घिमिरेकाे प्रमुख आतिथि, नेकपा माओवादी केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला ईन्चार्ज ठाकुर कुमार विककाे विशिष्ट आतिथ्यता र yCL केन्द्रीय सदस्य ठाकुर साैराग, ycl जिल्ला ईन्चार्ज कृष्ण सारु, नेकपा माओवादी केन्द्र मालारानी गाउपालिका अध्यक्ष पदम बहादुर क्षेत्री, ycl जिल्ला सचिव विष्णु पुन, प्रेस सेन्टरका जिल्ला ईन्चार्ज अशाेक खनालले मन्तव्य राख्दै जसरी तत्कालिन समय १० वर्षे जनयुद्ध देखि ०६३/ ०६३ काे ऐतिहासिक जनआन्दोलन सम्म आउदा  ycl काे भुमिका महत्त्वपूर्ण थियाे यसले देशमा  ठुलाे परिवर्तन ल्याएकाे छ र आगामी दिनहरुमा त्याे भन्दा अझ सशक्त र परिवर्तनशील भएर लाग्न समेत आग्रह गरेका हुन् । 

उक्त भेलाले ycl नेपाल मालारानी गाउ पालिका स्तरीय  कमिटी समेत गठन गरेकाे छ । भेलाले राम कुमार टण्डनकाे अध्यक्षतामा ५५ सदस्यीय पालिका स्तरिय कमिटी गठन गरेकाे हाे । जसकाे उपाध्यक्षमा नेत्र पाण्डे, रामु खड्का, राजु नेपाली, सचिव खुम बहादुर थापा, सहसचिव नवीन भुसाल, चन्द्र नेपाली र काेषाध्यक्षमा रुम बहादुर खनाल लगायत ५५ सदस्यीय पालिका स्तरीय ycl  कमिटी गठन  गरेकाे हाे ।  त्यस्तै पालिका ईन्चार्जमा विरेन्द्र बस्नेत, सहईन्चार्ज राम बहादुर राना चयन भएका छन् ।  त्यस्तै मन्तव्य राख्दै नेकपा माओवादी केन्द्र मालारानी गाउपालिका ईन्चार्ज मान बहादुर पाण्डेले नवगठित ycl का सम्पुर्ण पदाधिकारी र सदस्यहरुलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना समेत व्यक्त गरेका हुन् ।  

उक्त कार्यक्रममा नेकपा एमाले परित्याग गरि दर्जनाै युवा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । भेला कार्यक्रम ycl पालिका सहईन्चार्ज राम बहादुर रानाकाे अध्यक्षता, ycl लुम्बिनी प्रदेश कमिटी सदस्य तथा मालारानी ईन्चार्ज विरेन्द्र बस्नेतकाे स्वागत मन्तव्य  र मालारानी गाउपालिका पुर्व संयाेजक तथा युवा नेता विष्णु कुवरकाे संचालनमा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्