खनमा स्वतन्त्र उमेदवार मोहित विश्वकर्मा

| २०७८ चैत २९ गते १७: ५५ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची ।मालारानी गाउँपालिका वडा नम्बर -४ खन साबिकको चुदालटोला निबासी मोहित विश्वकर्मा खनको वडा अध्यक्ष पदमा उठ्ने घोषणा गरेका छ्न ।

जिल्लाभर स्थानीय चुनावमा स्वतन्त्र उमेदवार बन्ने लहर चले सगै उनको पनि इच्छा जागेको हो । उम्मेद्बारी घोषणा गरेपछि सामाजिक सञ्जालमा चर्चामा छन् ।

सरकारले वैशाख ३० गते स्थानीय चुनाव गर्ने निर्णय गरेलगत्तै उनले कुनै पनि दलको समर्थन नलिई स्वतन्त्र रुपमा खनको अध्यक्षमा उठ्ने घोषणा गरेका छन ।

“अहिलेको घिनलाग्दो राजनीतिले वाक्क भएको अवस्थामा युवामुखी जनमुखी सेवामुखी व्यवस्थाको लागि स्वतन्त्र नै लडेर म खनमा केही गर्नसक्छु कि भनेर लागिरहेको हु ।” उनले भने

यस्तै स्वतन्त्र सदस्य पदमा सुमन सुनार, महेश खनाल, बसन्ता खनाल र रुद्र पोख्रेलले उमेदवार उठ्ने घोषणा गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्